२८ फागुन, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाले फलेवास ७ लिमिठानामा नगरस्तरीय सार्वजनि सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको प्रश्नको उत्तर दिदै नगरप्रमुख गंगाधर तिवारीले नगरको विकासको काम निरन्तर भईरहेको बताए । उनले आफ्नो कार्यकालमा जोसुकै ब्यक्तिले आयोजना भित्राए पनि त्यसको जस सवैले लिनसकिने भन्दै आयोजनाको सिफारिस दिन नगरपालिकाले कन्जुसाई नगर्ने बताए । उनले छोटो अवधिमा नगरपालिकामा धेरै विकास निर्माणका कामहरु भएको समेत बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद आचार्य, वडा न ७ का अध्यक्ष केशर पन्त, वडा न ८ का वडाअध्यक्ष मनबहादुर कुँवर, योजना शाखा प्रमुख प्रकाश लम्साल लगाएतले सहभागीहरुको जिज्ञासाको उत्तर दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार साजन परियारले गरेका थिए ।