Print

विमान उडिरहेको अवस्थामा पाइलटको मृत्यु

१९ असोज २०७२, न्यूयोर्क  अमेरिकन एयरलाइन्सको एक विमान उडाइरहेको अवस्थामा मध्य आकाशमै पाइलटको मृत्यु भएको छ । फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अवस्थामा अमेरिकी एयरलाइन्सका पाइलटको मृत्यु भएको हो । अचानक पाइलटको मृत्यु भएपछि सहायक पाइलटले विमानलाई नियन्त्रणमा लिएका थिए । अधिकारीहरुका अनुसार सहायक पाइलटसमेत एक्लै विमान उडाउन दक्ष रहेका कारण मूख्य पाइलटको निधनका बाबजुद विमानलाई सुरक्षित अवतरण गराउन कुनै कठिनाइ भएन ।

एकसय ४७ जना यात्री र पाँचजना चालक दलका सदस्य रहेको एयरबस ए ३२० लाई न्यूयोर्कमा आकस्मिक अवतरण गराइएको थियो । सो विमानमा सवार एक यात्रीका अनुसार पाइलटको स्वास्थ्य अवस्था बिग्रिएको कारण दर्शाउँदै उडानका क्रममा यात्रीहरुलाई विमान न्यूयोर्कमा अवतरण गराउन लागिएको जानकारी दिइएको थियो । पाइलटको मृत्यु हुनका कारणबारे विस्तृतमा केही खुलाइएको छैन । अमेरिकन एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुर्भाग्यवस् हाम्रो पाइलटको मृत्यु भएको छ । हामी यो घटनाबाट धेरै दुःखी छौं ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस