बिजय शर्मा दर्पण, जेनेभा ।
बिश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको १४० औं सेसनमा भाग लिन आईतबार जेनेभा आउनुभएका स्वास्थ्य मन्त्रि तथा कांग्रेस केन्द्रिय सदस्य गगन थापाले आगामी माघ सात गते भित्र तिनै तहको निर्बाचन गरि सक्नु पर्ने बताउनु भयो ।
नेपालि जनसम्पर्क समिति स्विटजरल्याण्डको आयोजनामा गरिएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उक्त कुरा ब्यक्त गर्नु भएको हो ।
उहाँले भन्नु भयो – आगामी माघ ७ भित्रमा ३ तहकै चुनाब भएन भने त्यसको म्याद थप्न नमिल्ने र संबिधान खारेज हुने साथै २००७ को अबस्था आउने हुनाले यथासिघ्र सबै दल मिलेर चुनाबी वाताबरण मिलाउनु पर्नेमा जोड दिनु भयो अहिलेको अवस्थामा संविधान कार्यन्वयन गर्नु सबैको जिम्मेवारी भएको बताउँदै उहाँले संविधान कार्यन्वयन र स्थानीय तहको निर्वाचनमा कुनै पनि दल सत्तापक्ष र प्रतिपक्ष हुनु नहुने बताउनुभयो ।
चुनाव गर्न सबैको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । माघ भित्रमा चुनाव नभए भयावय अवस्था देशमा आउने भन्दै गम्भीर हुन सवै दललाई आग्रह गर्नु भयो ।
संविधान जारी भए देखि नै मधेसमा आन्दोलन चर्किएकोले उनीहरुको मागलाई व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको पनि उहाँले बताउनुभयो । मधेशमा रहेका युवाहरुमा विभेद भयो भनेर रिस छ त्यसलाई पेलेर भन्दा पनि राजनीतिक सम्बाद मार्फत मात्र त्यसको हल हुने बताउनु भयो ।
नेपालि जनसम्पर्क समिति स्विटजरल्याण्डका अध्यक्ष राम महतोले स्वास्थ्य मन्त्रि बनेपछि स्वास्थ्य क्षेत्रमा कस्तो अनुभब पाउनुभयो भन्ने प्रश्नमा मन्त्रि थापाले भन्नु भयो – कृषिमा काम अनि ज्ञान भएको तर यो मेरा लागि बिल्कुलै नयाँ जिम्मेवारी हो ।
पहिलो दिन स्वास्थ्य मन्त्रीको रुपमा आफ्नो काम सुरु गरेपछि मन्त्रालयको बिफ्रीङ सुन्दा मलाई डर लागेको थियो । मैले बिभिन्न च्वाईस मध्येमा स्वास्थ्य मन्त्रालय रोज्न पुगेको थिए । यहाँको कम्प्लेक्ससिटी देखेर डर लागेको अवस्था थियो । तर त्यो क्षेत्र भित्र भएका कुराहरु नजिक बाट निहाल्न पाए ।
उच्च प्राथमिकता रहेको सबै प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर ९एमबिबिएस डाक्टर० र जिल्ला तथा अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टर पु¥याउनु हो । २३ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा त कागजमा पनि डाक्टर नभएको अवस्था रहेछ ।
छात्रबृत्तीमा पढेर आउनु भएका डाक्टरहरु एकै जिल्ला अर्थात राजधानीमा थुप्रेर बसेको अवस्था रहेको छ । उहाँहरुलाई खाली ठाँउमा खटाउने निर्णय गरी काम सुरु गरिरहेका छौ । विशेषज्ञ डाक्टरको हकमा एउटा समग्र पिक्चर तयार गरी कुनै दबाब, प्रभाव र राजनीतिक आग्रहमा नपरी नीति नियम भित्र रहेर काम गर्नु पर्ने भएको छ ।
त्यस्तै उच्च प्राथमिकता निशुल्क औषधिको बिषय रहेको छ । नेपालमा ५८ थरिका औषधि निशुल्क पाईने बाट बढाएर ७० थरिका औषधि गाउँ गाउँमा पुर्याउने योजना रहेको बताउनु भयो ।
कुन हेल्थपोष्ट वा स्वास्थ्य संस्थामा औषधि स्टक कति छ, अभाव के छ यसको सबै रेकर्ड राखिरहेको साथै कुनै संस्थामा औषधि अभाव र कुनै संस्थामा औषधि थुप्रिएर रहने भएकोले त्यसको उचित ब्यबस्थापनको लागि आफु तथा मन्त्रालय लागिपरेको जानकारी दिनु भयो ।
त्यस्तै हरेक दिन सञ्चारमाध्यमले समावेश गरेका स्वास्थ्यका हरेक विषयबस्तुलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्ने प्राथमिकता हुनेछ । यसका लागि रेडियो, टिभी, पत्रपत्रिका र अनलाइनमा आएका स्वास्थ्यका समाचार एकिकृत गरी पढ्ने व्यवस्था आफुले मिलाएको थापाले बताउनु भयो ।
भुकम्प पिडितलाई पठाएको १४०० किलो सामान भन्सारमा अलपत्र
नेपालमा विनाशकारी भूकम्प गएको २ बर्ष पुग्न लाग्दा पनि भन्सारबाट सामान लैजान नदिएपछि स्विटजरल्याण्ड बाशी नेपालि चिन्तित भएको स्वास्थ्य मन्त्रि तथा कांग्रेस केन्द्रिय सदस्य गगन थापा संग गुनासो गरेका छन् ।
बैशाख १२ गते गएको विनासकारी भूकम्पको लागि जेनेभामा रहेको ग्लोबल नेपालि नेटवर्कका अध्यक्ष्य सोनाम लामाको पहलमा उठाईएको लगभग १४०० किलो लत्ताकपडाहरु नेपालको भन्सारमा नै अलपत्र परेको कारण मन्त्रि थापा लाई प्रश्न गर्नु भएको छ ।
काममा अब्बल मानिने स्विस बाशिहरु संग भूकम्पको नाममा उठाईएको सहयोग तथा लत्ता कपडा भन्सारबाट निकाल्न नसकिएको तथा भुकम्प पिडितको हात मा पुर्याउन नसकिएको हुनाले यहाँ रहेका हामि नेपालिहरुको बदनाम भएको महसुस गरेको गुनासो गर्नु भयो । मन्त्रि थापाले नेपाल गएर यसको बारेमा खोजीनिती गर्ने आस्वासन दिनु भएको छ ।
छोटो समयको लागि जेनेभा आउनु भएका मन्त्रि गगन थापा संगको अन्तरक्रिया कार्यक्रममा नेपालि जनसम्पर्क समिति स्विटजरल्याण्ड का निबर्तमान अध्यक्ष गुण राज शर्मा , संघका उपाध्यक्ष श्याम सापकोटा, संघका सह महामन्त्री सरोज घिमिरे , प्रबाशी नेपालि मंच स्विटजरल्याण्ड का अध्यक्ष्य संजय मुडवरी , मंचका उपाध्यक्ष्य श्रवन केसी , एईक्कबद्दता मंचका कोषाध्याक्ष्य दर्शन आचार्य ,पत्रकार लक्ष्मण देवकोटा , राजु अधिकारि लगायतको उपस्थित रहेको थियो ।





प्रतिकृया दिनुहोस्