१० माघ,काठमाडौं । अष्ट्रेलिया अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई परामर्श दिँदै आएको ‘एईसीसी ग्लोबल’ले अष्ट्रेलियन एडमिशन डे जनवरी २०१७ आयोजना गरेको छ ।
जनवरी २२ तारिकका दिन विहान ११ देखि बेलुकी ४ बजेसम्म होटल याक एण्ड यतिमा आयोजना भएको कार्यक्रममा करिव ९ सय जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपालमै पहिलो पटक विदेश अध्ययन सम्बन्धि जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो ।
कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिने अवसर प्रदान गरिएको आयोजकको दावी छ । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी उपलब्ध गराइएको थियो । सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरेको जानकारी दिइएको छ ।





प्रतिकृया दिनुहोस्