२९ असोज, पर्बत । पर्वतको सदरमुकाम कुश्मामा आज दिउँसो दुईवटा स्कुटर एक आपसमा ठोक्किँदा एक यूवतीको मृत्यु भएको छ ।
दुर्घटनामा कुश्मा नगरपालिका वडा नं ७ की १९ बर्षकी आसिका बोहोरा नेपालीको मृत्यु भएको पर्वत अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले जानकारी दिए । सोमवार दिउँसो कुश्मा नगरपालिका ५ को डिल तर्फको सडकमा पर्ने गुम्वा नजिकै ग २१ प ४२९० र ध १ प ८३२४ नम्बरको स्कुटर आपसमा जुधेका थिए । मृतक आशिका बोहोरा नेपाली कुश्मा नगरपालिका १ का अनिश नेपालीसँग पछाडी बसेर गैरहेको प्रहरीले जनाएको छ । अर्को स्कुटर चालक कुश्मा नगरपालिका ५ का गोपाल गौँडेल पनि प्रहरीकै नियन्त्रणमा रहेका छन् ।
गोपालले चलाएको स्कुटर र अनिश नेपालीले चलाएको स्कुटर एक आपसमा ठोक्किँदा बोहोरा भूईमा लडेर सख्त घाईते भएकी थिईन् । उनलाई उपचारका लागि पर्वत अस्पतालमा लगे लगतै डाक्टरले मृत घोषणा गरेका थिए । मृतक कुश्मा स्थित नारायण माविमा अध्ययनरत थिईन् । अपडेट गरिएको समाचार




