Print

पर्वतमा मनाईयो प्रहरी दिवस (फोटो फिचर)


१ कार्तिक, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले ६८ औं प्रहरी दिवस मनाएको छ । कार्यालय परिसरमा आयोजीत एक औपचारिक कार्यक्रमका वीचमा प्रहरीले आफ्नो ६८ औं प्रहरी दिवस मनाएको हो ।

दिवसको अवसरमा अमर प्रहरी शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रहरी सेवामा लाग्दा मृत्यु भएका परिवारहरुको सम्झनामा मौनधारण गर्दै अमर प्रहरी शालिकमा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, सुरक्षा निकायका प्रमुखहरु कार्यालय प्रमुखहरु तथा अमर परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दिवसको अवसरमा आयोजीत विभिन्न खेलकुद कार्यक्रमहरुका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष प्रहरी कार्यालयका प्रमुख खुमलाल भुषालले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।