Print

भिरवाट ट्याक्टर खस्दा १ जना गम्भिर घाईते

२८ असोज, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा नगरपालिका वडा न ५ स्थित भिमसेन मन्दिर नेतको भीरवाट ट्याक्टर खस्दा ट्याक्टर चालक गम्भिर चालक घाइते भएका छन् ‌ ।
ग १ च २६८७ नम्बरको ट्याक्टर भीरवाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख खुमलाल भुषालले जानकारी दिए । चालक सहित भीरवाट खसेको ट्याक्टरमा रहेका चालक गम्भिर घाइते भएको र घाइतेको उपचारको लागि गण्डकी स्वास्थ्य बिग्यान प्रतिष्ठानमा रिफर गरिएको प्रहरी प्रमुख भुषालले जानकारी दिए । दुर्घटनामा परी सुर्खेत जिल्ला घर भएका १९ बर्षका निवास शाही घाईते भएका छन् । उमको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।