Print

भोली देखि कुश्मामा ब्याडमिन्टन प्रतियोगीता हुँदै

७ भदौ, पर्वत । स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा भोली देखि शुरु हुँदैछ । २ दिनसम्म चल्ने खेलकुद प्रतियोगीताको सवै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको सह आयोजनामा खेल सञ्चालन हुन लागेको हो । खेलकुदको तयारी पुरा भएको आज आयोजीत पत्रकार सम्मेलनमा आयोजक संस्थाले जनाएको छ । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगीता हुन लागेको हो । प्रतियोगितामा खुला तर्फ नेपालमा २० रयांकि भित्रका खेलाडी बाहेकका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन । सि लेभल तर्फ साविका धौलागिरी अंन्चल भित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य रहि देश भरि रहेका सदस्यहरुले सहभागि हुन पाउनेछन् ।

प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी सि लेभल तर्फ प्रथम पुरस्कार रु २० हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

खेलको बारेमा जानकारी गराउने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा आयोजक संंस्थाका सदस्य इन्द्रप्रसाद शर्माले खेलकुदका नियम र यसको उद्देश्यको विषयमा जानकारी गराएका थिए । कार्यक्रम खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खेलको भोली मोदी काली ब्याडमिन्टङ संघको कर्भडहलमा मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उद्घाटन गर्नेछन् । खेलकुदमा विभिन्न जिल्लाका दर्जन बढि समूहहरु सहभागी हुने आयोजक संस्थाका संयोजक जगदिश सुवेदीले जानकारी दिए ।