६ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ साझा चोक नजिक यात्रुबहाक बसले बुधवार साँझ एक पैदल यात्रुलाई ठक्कर दिएको थियो । लु २ ख २८५२ नम्बरको बसले यात्रुलाई ठक्कर दिए पनि घाइतेको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
हिजो साँझबागलुङको गल्कोटबाट काठमाण्डौ हिडेको बसले सडकमा सवार यात्रुलाई ठक्कर दिएको हो । अन्दाजी ४५ बर्षिया पुरुष बसको ठक्करले घाईते भएका छन् । बसले ठक्कर दिएका यात्रुको विवरण अहिलेसम्म पनिे खुलेको छैन ।
गम्भिर चोट लागेका यात्रुलाइ उपचारका लागि पर्वत अस्पतालमा उपचार पछि पोखरा रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले घाइतेलाई चिनेको कोहि भए सम्पर्कमा आउन आग्रह गरेको छ ।




