Print

पाटी छोडेकालाई कारबाही गर्दै पर्वत कांग्रेसले भन्यो – चिया पसलमा बसेर नेतृत्वको आलोचना नगरौं


२९ जेठ, पर्वत । नेपाली कांग्रेस पर्वतले आज २ वटा फरक फरक विज्ञप्ति जारी गर्दै पाटी नेतृत्वको आलोचना नगर्न अनुरोध गरेको छ । पाटी प्रवक्ता अच्युत तिवारीद्धारा जारी विज्ञप्तिमा पाटी छोड्नेहरुलाई कारबाही गर्दै नेतृत्वको आलोचना सार्वजनिक रुपमा नगर्न समेत अनुरोध गरिएको छ ।
कांग्रेसका युवा नेताहरुले लगातार पाटी प्रति असन्तुष्ट जनाउँदै पाटी छोड्ने क्रम नरोकिएपछि कांग्रेसले विज्ञप्ति जारी गर्दै पाटी छोड्नेहरुलाई पाटीबाट अनुशासनको कारबाही गरिएको कुरा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष मिलन पौडल, तरुण दलका नगर सचिव चित्र शर्मालाई पाटीको विधान २०१७ को धारा ३४ को १ बमोजीम साधारण सदस्यता समेत नरहने गरी पाटीबाट निष्काशन गरिएको उल्लेख गरिएको छ ।
गरी अर्को विज्ञप्तिमा पाटीको नेतृत्वप्रति लक्षित गरेर सामाजिक सञ्जाल, चोक, गल्ती र चिया पसलमा बसेर पार्टी संगठन र नेतृत्वका विषयमा टिका टिप्पणीगष्र्ने कुरा लोकतान्त्रिक आचारण भित्र नपर्ने कुरा उल्लखे गरिएको ।
फरक मत, सहमती, असहमति र आफ्नो सन्तुष्टि, असन्तुष्टि राख्ने प्रसस्त वैधानिक आधार हुँदा हुँदै त्यसको कुनै प्रवाह नगरी अराजक ढंगबाट पार्टी तथा नेतृत्व माथि गरिएको असम्भ खालको प्रतीसोधपूर्ण टिका टिप्पणीबाट कुनै पनि नेता तथा कार्यकर्ता भ्रममा नपर्न अपिल गरिएको छ ।


विज्ञिप्तमा विधान अनुसारको आचरण पालना गर्न समेत अनुरोध गरिएको छ । पछिल्लो समयमा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र पाटी प्रवेश गर्ने युवाहरुको संख्या उल्लेखनीय भएपछि जिल्ला नेतृत्वले त्यसलाई लक्षित गरी विज्ञप्ति प्रकाशित गरेको हो ।
कांग्रेसका विभिन्न संगठनका पदाधिकारीहरुले निरन्तर रुपमा पाटी छोडेको सामाजिक सञ्जाल मार्फत जानकारी दिदै आएका छन् । कांग्रेस पाटी छोडेका नेविसंघका पूर्व अध्यक्ष तथा जिल्ला सभापतिका उमेदवार मिलन सुवेदी राष्ट्रिय स्वतन्त्र पाटी प्रवेश गरीसकेका छन ।