२९ जेठ, पर्वत । कालोपत्रेको विछ्याने गरी निर्माण कार्यको शुरुवात भएको ४ बर्ष पछि पर्वतको दक्षिणी क्षेत्रमा पर्ने हुवास लुंखु सडकमा कालोपत्रेको काम शुरु भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइ) परियोजनाले उक्त सडक खण्ड कालोपत्रे गर्नका लागि ठेण्डर आब्हान गरेको थियो ।
सरकार एडिभिको संयुक्त कोषबाट कालोपत्रे गर्ने गरी निर्माण कार्य शुरुवात भएको ४ बर्ष उक्त सडकमा कालोपत्रे विछ्याउने कामको शुरुवात भएको छ । सडक निर्माणको काम शुरु भएपछि कोभिड १९ र बर्षातका कारण सडकमा भएको क्षतिका कारण सडकको निर्माण कार्य पर धकेलिदै आएको थियो ।

१५ किलोमिटर सडक खण्ड अन्तर्गत महाशिलाको लुंखु देखि पैयूको हुवास स्थित हातेमालो चोकसम्म सडक कालोपत्रे हुदैछ । १५ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि कुल ३६ करोड ९६ लाख ९३ हजार ६ सय ८५ रुपैंया निर्माण ब्यवसायीसंग सम्झौता भएको छ । उक्त सडक निर्माणको लागि श्री हिमदुत एण्ड थोकर प्रालिले जिम्मा लिएको छ । आगामी असारसम्म झण्डै ५ किलोमिटर सडक कालोपत्रे हुने आयोजना कार्यालयले जनाएकोछ ।




