४ चैत, पर्वत । कुनै बेला नेविसंघको आधार इलाका भनेर चिनिने पर्वतको कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा यति बेला नेविसंघले भने मोर्चाबन्दी गरेको छ । एमाले निकट अनेरास्ववीयूको विरुद्ध नेविसंघले अखिल क्रान्तिकारी लगाएतका संगठनसंग मोर्चा बन्दी गरेको हो ।
नेविसंघको आधार क्षेत्रमा निरन्तर कमजोर बन्दै गएको नेविसंघले माओवादी निकट अखिल क्रान्तिकारीसंग मोर्चाबन्दी गर्दै निर्वाचनमा उमेदवारी दिएको छ । भोली चैत ५ गते हुने निर्वाचनमा अनेरास्वीयूको तर्फबाट जोश्ना कुँवर सभापति पदका लागि चुनावी मैदानमा छिन भने नेविसंघको तर्फबाट सतिस रेग्मी चुनावी मैदानमा छन् ।
सचिव पदमा पनि दुई जनाबीच नै प्रतिस्पर्धा हुने भएको छ । स्व.वि.यू निर्वाचन समितिको कार्यालयका अनुसार सचिवमा अनेरास्ववियूबाट मनोज पुरी र नेविसंघको तर्फबाट लक्ष्मण रेग्मीको उम्मेदवारी रहेको छ ।
कोषाध्यक्षमा अनेरास्ववियूबाट अपिल क्षेत्री र अखिल (क्रान्तिकारी) बाट पवित्रा नेपाली प्रतिस्पधामा छन् ।
सदस्य पदमा अनेरास्ववियूबाट सन्तोष पौडेल, सावित्रा पौडेल र अनिल पौडेल र नेविसंघबाट पुजाकुमारी पोखरेल, अखिल (क्रान्तिकारी) बाट मनीसा परियार र सविना क्षेत्री उम्मेदवार रहेका छन ।
प्रतिपर्धामा रहेका अनेरास्वविय र नेविसंघले समानुपातिकतर्फका उम्मेदवारहरुको पनि बन्द सूची पेस गरेका छन् ।
सदस्य पदका लागि बुझाइएको बन्द सूचीमा अनेरास्ववियूकातर्फबाट अमृत पौडेल, आरती शर्मा, मनिषा जि.सी, सरस्वती शर्मा र योगमाया शर्मा र नेविसंघकातर्फबाट यज्ञ पौडेल, आशिष पौडेल, विनिता नेपाली, शतिष शर्मा र नवराज शर्मा रहेका छन् ।
निर्वाचनमा अनेरास्वीयूले इमान्दार, परिपक्क र क्षमतावान विद्यार्थी नेतृ उठाएका कारण आफूले निर्वाचन जित्ने दावी गरेको छ उता, मोर्चाबन्दी गरेका संगठनहरुले भने आफूहरुसंग बहुमत रहेकाले निर्वाचन जिन्ते दावी गरेको छ । भोली विहान ७.३० बजेदेखि क्याम्पसमा मतदान हुदैछ ।




