५ चैत, पर्वत । प्रचण्ड नेतृत्व सरकारले रासायनीक मलको मूल्य बृद्धि गरेपछि किसानहरु आन्दोलीत बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले किसानहरुले प्रयोग गर्ने रासायनीक मलको मूल्यमा अत्याधिक बृद्धि गरेपछि किसानहरुले साँझ कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेका हुन् ।
नेकपा एमाले निकट किसान महासंघको नेतृत्वमा जिल्ला पाटी कार्यालय मैत्री चोकबाट शुरु भएको जुलुस धनेश्वर चोक हुँदै शिवालय चोकमा पुगेर कोण सभामा विर्सजन भएको थियो ।
कोण सभामा बोल्दै एमाले उपाध्यक्ष पदमपाणी शर्माले वर्तमान सरकारले किसानको हक हित स्थापीत गर्नुको साटो विदेशीको शरणमा परेर मूल्यबृद्धि गरेको आरोप लगाए ।
उनले सरकारले गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै किसानमारा सरकारले देशको भलो नगर्ने कुरा उल्लेख गरे । कोण सभाको सञ्चालन गर्दै किसान नेता सृजन पौडेलले किसानको घाँटी रटने सरकारले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।




