काठमाडौ । पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ। नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्नँ । तर विश्वमा यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ ।
केही यस्ता देशमा फेसबुकमाथि लगाइएको प्रतिबन्ध केही समयपछि हटाइएको पनि छ। तर अझै पनि केही देशहरू छन् जहाँ फेसबुक चलाउन पाइन्न । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
दक्षिण एसियाली देश पाकिस्तानमा पनि फेसबुकमाथि प्रतिबन्ध लगाइउको थियो । सन् २०१०मा जब फेसबुकमा धार्मिक गुरू पैगम्बर मोहम्बदको नाममा एउटा फेसबुक पेज बन्यो तब पाकिस्तान सरकारले पाकिस्तानमा फेसबुक बन्द गर्ने निर्णय गर्यो ।
दुई साता लागेको प्रतिबन्ध फुकुवा भए पनि कुनै पनि धार्मिक पेज बनाउन नपाउने भयो । यस्तै उत्तर कोरिया, चीन, क्युवागायतको देशमा फेसबुक प्रतिबन्धित रहेको छ ।




प्रतिकृया दिनुहोस्