काठमाडौं । संघीय गठबन्धन र नयाँ शक्तिबीच अल्पकालीन कार्यगत एकता गर्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा काइगत एकता गरी संविधान संशोधनको परिमार्जनमा समानता खोज्ने सहमति भएको छ ।
गठबन्धन आबद्ध दल रामसपाका महामन्त्री केशव झाका अनुसार शुक्रबार गठबन्धन र नयाँ शक्तिका नेताबीच संविधान संशोधनका चारवटा विषयको परिमार्जनका लागि समान धारणा बनाउन बैठक बस्दै छ । यो कार्यगत एकताको प्रारम्भिक चरण भएको झाको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
केही राजनीतिक विषयमा अझै विमति रहेकाले सहकार्य दीर्घकालसम्म नहुने प्रस्ट भएकाले तत्कालका लागि संविधान संशोधनको बुँदामा ध्यान दिन कार्यगत एकता गर्ने सहमति भएको सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले जानकारी दिए ।




प्रतिकृया दिनुहोस्