Print

नवौं राष्ट्रिय खेलकुद : पर्वतमा कराँते प्रतियोगीता हुने

१३ असोज, पर्वत । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिन मात्र बाँकी छ ।

असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ ।

प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन् ।

७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहने प्रतियोगिताका ला गि खेलाडी छनोट भएर टिमहरुले खेलाडीको नामदर्ता गर्दैछन् ।
यस बीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकामहरुमा टुर गराउने कामभइरहेको छ । मंगलबार मात्रै कर्णाली प्रदेशमा ट्रफी टुर गराइएको छ ।

प्रतियोगिता अन्तर्गतका धेरैजसो खेलहरु गण्डकी प्रदेश राजधानी पोखरामै केन्द्रीत रहेको र बाँकी खेलहरु स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेल स्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिएपनिअन्तिममाआएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो ।

म्याग्दीमा महिला भलिबल र डब्ल्युटीएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल, पर्वतमा कराँते, बागलुङमा आइटीएफ तेक्वान्दो, नवलपुरमा सेपाकताक्रो र कुस्ती तथ ागोरखामा बुद्धिचालका खेल भेन्यू तोकिएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेल स्थल व्यवस्थापन समितिका सदस्यहरु समेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड मेम्बर राजेशकुमार गुरुङको टोलीले पर्वत, बागलुङ र म्याग्दीको खेलस्थलको अवलोकन गरेको नेपाल खेलकुद पत्रकार मंच गण्डकीले जनाएको छ ।