१३ असोज, पर्वत । आगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले बन्द सुचिको नामावली पेश गरेका छन् । समानुपाति निर्वाचन प्रणाली अन्तर्गत आवश्यक पर्ने उमेदवारको नामावली दलहरुले निर्वाचन आयोगमा पेश गरेका हुन् । निर्वाचन आयोगले तोकेको समयावधि भित्र दलहरुले आयोगमा उमेदवारकाहरुको सुचि पेश गरेका हुन् ।
पेश गरेको सुचि आगामी असोज १६ गतेसम्म सच्चाउन सकिने भए पनि दलहरुले प्रारम्भिक सुचि पेश गरेका छन् । प्रारम्भिक सुचिमा पर्वत जिल्लाबाट प्रतिनिधि सभामा नेकपा एमाले र नेपाली कांग्रेस दुवै ठूला दलमा कोहि पनि सुचिकृत भएका छैनन् ।
उता, प्रदेश सभामा भने नेकपा एमालेबाट २ जना महिला नेतृको नाम सुचिकृत भएको छ ।
महिला तर्फ कुश्मा नगरपालिकाकी कमला पन्त र महिला दलित तर्फ फलेवास नगरपालिकाकी केशा परियारलाई एमालेले बन्द सुचिमा समावेश गरेको छ ।
यसैगरी गरी कांग्रेसले भने प्रदेश सभामा फलेवास नगरपालिकाकी रेखा गुरुङको मात्र नाम समावेश गरेको छ । दलले आगामी १६ गतेसम्म बन्द सुचिको नामावली फेरबदल गर्नसक्नेछन ।




