Print

गैह् कम्युनिष्टसंग चुनावमा बाम तालमेल हुँदैन् : बस्नेत

१२ चैत, पर्वत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गैह् कम्युनिष्टहरुसंग निर्वाचनमा बाम तालमेल नहुने स्पष्ट पारेका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन पर्वत आएका बस्नेतले कम्युनिष्ट पाटीका विरुद्ध कांग्रेससंग तालमेल गर्नेहरु बामपन्थी दल नभएकाले ति दलहरुसंग बाम तालमेल नहुने बताएका हुन् ।

नेता बस्नेतले कम्यूनिष्ट पाटीको सरकार ढाल्ने, पाटीका अध्यक्षलाई कारबाही गर्ने र सांसद पद नै खारेज गर्ने जस्ता गतिविधिमा संग्लन्नहरु कम्युनिष्ट पाटी नभएकाले ति पाटीसंग निर्वाचनमा सहकार्य नहुने बताएका हुन् । माओवादी केन्द्र अव ६४ सालको जस्तो युवा नभएको भन्दै उनले बुढो भईसकेको माओवादीले निर्वाचन जित्नु भन्ने हास्यास्पद रहेको दावी गरे ।

एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको भन्दै उनले निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसारको तालमेल भने हुनसक्ने बताए ।
उनले गठबन्धनसंग जुध्ने सामथ्र्य र तागद एमालेमा रहेको भन्दै निर्वाचनमा पूर्ण रुपमा होमिन एमाले कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।