१५ चैत, पर्वत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यहि चैत २६ गते पर्वत आउने भएका छन् । नेकपा एमाले निकट भातृ संगठनहरुको संयुक्त जिल्ला अधिवेशन तथा चुनाव केन्द्रीत आम सभालाई सवोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली पर्वत आउन लागेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली पर्वत आउने भएपछि आवश्यक तयारीका लागि सोमवार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । चैत २६ गते हुने कार्यक्रमलाई आमसभाको रुपमा परिणत गर्ने र बढि भन्दा बढि जनसहभागिता गराउने निणर्य एमालेले गरेको छ ।
ओली आउने कार्यक्रमको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको एमाले पर्वतले जनाएको छ । मुल व्यस्थापन समितिको संयोजकमा शिव पौडेल हुनुहुन्छ भने आर्थिक समितिमा हरिओम शर्मा लामिछानेलाई जिम्मेवारी दिइएको छ ।
कुश्माको बान्द्रेवीडि चौरमा एमाले अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त कार्यक्रमका प्रचार प्रसार समितिका संयोजक गणेश गिरीले जानकारी दिए ।




