Print

कांग्रेस र माओवादी पाटी छोडि पर्वतको दुुर्लुङमा २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

७ चैत, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा ३ दुर्लुङमा विभिन्न पाटीबाट झण्डै २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद पदम गिरीले नयाँ प्रवेश गर्ने कार्यकर्ताहरुलाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ति कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । एमालेको चनौट बुकेनी टोल कमिटिले आयोजना गरेको टोल वैठकमा उनीहरु एमालेमा प्रवेश गरेका थिए ।

टोल वैठकमा गंगाबहादुर गुरुङ, सन्तोष विक, डिलबहादुर विक, इन्द्रबहादुर विक, चिजा सुनार हर्कबहादुर विक लगाएतका झण्डै २ दर्जन बढि कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कार्यालयले जनाएको छ ।