Print

पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर २१ बर्षिय युवाको मृत्यु

४ चैत, पर्वत । पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थीत सेतिखोलामा पौडी खेल्न गएका महाशिला गाउँपालिकाका २१ वर्षिय सुनिल नेपालीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हुवासले जानकारी दिएको छ ।

सुनिलसंगै पौडी खेल्न गएका उनका साथी अन्दाजी २१ वर्षीय युवराज नेपाली घाईते भएका छन । महाशिला गाउँपालिका बालकोट घर भएको उनिहरु भलिबल खेल्न पैयूँ आएको बेला पौडी खेल्ने गएको र पौडीन नजान्दा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ ।

दुबै जनालाई उपचारको लागि वालिङ स्थित गह्रौ प्राथमिक अस्पतालमा पुर्याउदा सुनिललाई अस्पतालले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरिक्षक लाल बहादुर बिकले जानकारी दिए ।
पौडी खेल्ने क्रममा डुबेर घाईते भएको युवराजलाई गह्रौ प्राथमिक अस्पताल वालिङले पोखरा रिफर गरेको छ । घाईतेको स्वास्थ्यमा केही सुधार आएको समेत प्रहरी निरिक्षक बिकले जानकारी दिए ।