५ चैत्र, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ७ को जम्वुर स्थित मोदी खोलाको किनारमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ह्यापी होली लेखिएको टिसर्ट लगाएकी अन्दाजी २० बर्षिया युवतीको शव मोदीखोलाको किनारमा भेटिएको हो ।

आर्यन वर्णको अनुहार भएकी ति युवतीको सनाखत हुन नसकेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । होलीको टिसर्ट लगाएका कारण युवतीको मृत्यु होलीकै दिन भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । युवती हराएको भनेर कुनै पनि परिवार अहिलेसम्म सम्पर्कमा नआएका कारण युवतीको पहिचान हुन नसकेको प्रहरीको भर्नाइ छ । शवको प्रकृति हेर्दा शरीरमा चोटपटक देखिएको छैन् ।
तल्लो मोदीखोला १ जलविद्युत आयोजनाको पावर हाउस भन्दा अन्दाजी ५ सय मिटर तल शव भेटिएको हो । जलविद्यूत आयोजनाका कारण दोविल्ला क्षेत्रमा मोदीखोलामा पानीका बहाव नभएका कारण उनको मृत्यु हत्या वा आत्महत्या हो प्रहरीले अझै निक्यौल गरेको छैन् ।
युवतीको शव पोष्ट मार्टमका लागि पर्वत अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।




