Print

पर्वतमा माओवादी केन्द्रका वडा अध्यक्ष सहितका कार्यकर्ताहरु एमालेमा प्रवेश

४ चैत, पर्वत । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा न ८ का माओवादी केन्द्रका वडा अध्यक्ष हरीनारायण गिरी सहितका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य कल्पना चापागाई र संघीय सांसद तथा केन्द्रिय सदस्य पदम गिरीले स्वागत गरेका थिए । गिरी विगत १७ बर्ष देखि माओवादी केन्द्रको तत्कालीन गाविस अध्यक्ष तथा हाल वडा अध्यक्षको भूमिकामा थिए ।

उनी माओवादी पाटीबाट देशको सम्बृद्धि नआउने भन्दै एमालेमा प्रवेश गरेका हुन् ।