२४ फागुन, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङमा निर्माण भएको क्याङ स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । भौतिक पूर्वाधारयुक्त स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा निर्माण भएको स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका वीच अध्यक्ष तिमिल्सीनाले उदघाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै तिमिल्सीनाले आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार भए पनि अझै पनि त्यो अधिकार नागरिकले नपाएकोमय दुःख ब्यक्त गरे । स्वास्थ्य सेवा विस्तारमा ग्रामीण क्षेत्रहरुमा अझै पनि समस्या रहेको तिमिल्सीनाको भनाई छ । भवन बन्दैमा सेवा प्रवाहमा गुणस्तरीयता नहुने भन्दै उनले सक्षम जनशक्ति उपलब्ध भए मात्र सेवा प्रवाह राम्रो हुने धारणा राखे ।
अध्यक्ष तिमिल्सीनाले जिल्लाबासीको विकास आयोजनाहरुका बारेमा धेरै मागहरु भएका कारण ति सवै मागहरु पुरा हुन नसकेको समेत बताए । उनले सडक कालोपत्रे देखि शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई तथा पूर्वाधार क्षेत्रमा निकै ठूला परिर्वतनहरु पर्वत जिल्लामा भए पनि ति मानवीय आकाक्षाहरु अधिक रहेका कारण सवै मागहरु तत्कालै पुरा हुन नसकेको बताए । उनले निरन्तरको प्रयास पछि क्याङ पुग्ने सडक र जिल्लाका अन्य पूर्वाधार सवै कामहरु केहि बर्षमा नै सम्पन्न हुने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिका बाट भएका कामहरुको बारेमा प्रष्ट पारेका थिए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मन्तब्य कार्यपालिका सदस्य लक्ष्मी विकले राखेकी थिइन् । कार्यक्रममा जग्गादाता तथा अन्य स्वास्थ्थ सेवामा सहयोग पुराउनेहरुलाई सम्मान समेत गरिएको थियो ।




