२४ फागुन, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबको शिक्षा ब्यबसायमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

कुश्माको पाङ धैरेनी माबिको नब निर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रमाण पत्र लिनका लागि मात्र नभइ शिक्षित समुदायले ब्यबसायमा लाग्नुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष तिमिल्सिनाले अबको शिक्षा ब्यबसायिक, सीपमूलक हुनुपर्ने धारणा राखे । किताबी ग्यानले मात्र मानिस शिक्षित नहुने धारणा राख्दै उनले ब्यबहारिक शिक्षा पनि लिनुपर्ने धारणा राखे ।
अर्को एक फरक प्रसंगमा कुश्मा नगरपालिकाको बिकासका लागि सघन सहरी विकास कार्यक्रम लागू भएको भन्दै उनले ठूलो मेहनत र प्रयास पछि कार्यक्रम नगरपालिकामा आएको बताए । नगरको बिकासको लागि सबैको हातेमाले हुनुपर्ने र सहकार्य हुनुपर्ने धारणा राखे ।




