Print

श्रमिक महिला दिवस : पर्वतमा महिला कार्यालय प्रमुख सम्मानीत, ‘महिला अधिकार ब्यवहारमा हुनुपरयो’

२४ फागुन, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले महिला अधिकार ब्यवहारमय लागू हुनुपर्ने धारणा राखेक छन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको कुश्मा बजारमा रेडियो दिदिवहिनीद्धारा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले महिलाहरुको लागि कानून बने पनि उनीहरुको अनूकूलको ब्यवहार अझै लागू नभएको धारणा राखे ।

आमाकै नामबाट नागरिकता दिने विषय जटिलता तर्फ गएका कारण कानून अझै पनि कार्यान्वयन नभएको तिमिल्सीनाको भर्नाइ छ । महिला अधिकारका लागि देशका सवै राजनैतिक दलका महिला मात्र नभएर अन्य पुरुष नेताहरुले समेत बेलावखत आवाज उठाईरहेका कारण आजको महिला अधिकारले ठाउँ पाएको अध्यक्ष तिमिल्सीनाको भनाई छ ।

अध्यक्ष तिमिल्सीनाले महिलाहरुलाई वर्तमान कानूनले धेरै अधिकार दिएको तर्फ संकेत गर्दै अधिकार दिलाउनका लागि महिला आन्दोलन तथा अन्य आन्दोलनहरुको अहम् भूमिका रहेको स्पष्ट पारे । अध्यक्ष तिमिल्सीनाले अधिकारका कुरा गर्ने तर कानूनलाई ब्यवहारत् लागू गर्न केहि कानूनी जटिलताहरु समेत रहेको उल्लेख्य गरे । आमाको नामबाट नागरिकता दिलाउने कुरा संविधानमा भए पनि स्पष्ट कानूनको अभावमा उक्त कुरा अझै लागू हुन नसकेको बताए ।

प्रतिनिधि सभाका सांसद पदम गिरीले महिलाहरु अझै पनि चुलो र चौकीबाट बाहिर निस्कन गाहे भएको उल्लेख गरे । उनले अधिकारको कुरा कानूनमा लेखेर मात्र नभई त्यसलाई महिलाहरु स्वयम्ले कार्यान्वयको तहमा लैजानुपर्ने धारणा राखे । आमाको नाउँबाट नागरिकता दिने विषयलाई राष्ट्रियतासंग जोडेर हेर्ने गरेका कारण कानून अझै पनि पास हुन नसकेको बताए । उनले कानून बनाएर आमाको नामबाट नागरिकता दिने कुरा तत्कालीन केपी ओली सरकारले कानूनमा ल्याउन खोजे पनि त्यसको विरोध भएको बताए ।

पछिल्लो कानूनमा राज्यका सवै तहमा महिलाको सिट सुरक्षित गरिएकाले राजनीतिको मूल प्रवाहमा महिलाहरु आउनुपर्ने गिरीको भनाई छ । वडा देखि राष्ट्रपतिसम्मको भूमिका राजनैतिक तहमा महिलाको सिट सुरक्षित हुनु आन्दोलनको ठूलो उपलब्धि भएको गिरीले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, फलेवास नगरपालिकाका प्रदमपाणी शर्मा लगाएतले आाफ्नो धारणा राखेका थिए । रेडियो दिदिवहिनीकी अध्यक्ष कल्पना चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर दुर्गा पौडेलले गरेकी थिइन् । कार्यक्रममा जिल्ला स्थीत महिला प्रमुख भएका कार्यालय प्रम्ुखहरुलाई सम्मान समेत गरिएको थियो ।