Print

असिनापानीले करोडौको बालीनाली नष्ट

२ वैशाख, पर्वत । पर्वतका विभिन्न क्षेत्रमा शुक्रवार साँझ परेको असिना पानीका कारण करोडौको बालीनालीमा क्षति पुगेको छ । वर्षासँगै परेको असिनाले पर्वतमा नगदे, खाद्यान्न तथा तरकारी बालीमा ठुलो क्षति पुगेको हो ।

फलेवास नगरपालिकासहित महाशिला गाउँपालिकाको फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काट्ने अवस्थामा रहेको गहुँ बालीमा क्षति पु¥याएको हो । असिनाले फल लाग्दै गरेको सुन्तला, काँक्रा, लौका, फर्सी, भिन्डी, साँग, काउली र गहुँ लगायतको बालीमा क्षति जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

करिब एक घण्टा लगातार परेको असिनाले फलेवास नगरपालिकाको ठानामौला र लिमीठाना, पाङग्राङमा किसानहरुको फुल्दै गरेका सुन्तला नष्ट भएका छन् । यतिबेला सुन्तला फूल खेल्ने बेला हो । पर्वतको ठानामौला र लिमिठानाका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् । यहाँका एउटै किसानले सुन्तलाबाट बार्षिक करिब १२ लाख सम्म को आम्दानी गर्दै आएका छन् ।

उक्त ठाउँमा सुन्तलाको फूलमा बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जानाएको छ । कार्यालय अनुसार अहिले सुन्तलाको फूल फुल्ने समय भएकाले अधिकांश गाविसका कृषकले लगाएको सुन्तलाको फूल असिनाले झार्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।

काक्रा खेतीको पकेट क्षत्र मानिने पाङग्राङमा समेत असिनाले भर्खरै रोपेको काक्रका बिरुवा नष्ट गरेपछि किसना मर्कामा परेका छन् । उनीहरुले काक्राको बिऊ उत्पादनबाट बार्षिक एक करोडसम्म आम्दानी गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले क्षतिको विवरण आज शनिवार भएकाले आईतबार विहानै देखि संकलन गर्ने काम गर्नेे बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । त्यस्तै जलजला गाउँपालिका अन्तर्गत नाङलीवाङ,धाईरिङ्गमा पनि लाखौ मुल्यको तरकारी बालीमा क्षति पुगेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस