Print

फलेवास नगरपालिकामा एमालेले यसरी बनाउँदैछ चुनाव जित्ने रणनीति

१ वैशाख, पर्वत । स्थानिय तहको निर्वाचनको वातावरण बढ्दै जाँदा पर्वतको फलेबास नगरपालिकामा नेकपा(एमाले)ले चुनाबी तयारी र अभियान तीब्र बनाएको छ ।

स्थानिय तह निर्वाचनलाई लक्षित गरेर एमालेले कार्किनेटा, थापाठाना, शंकरपोखरी र भंगारा लगायतका वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा(एमाले) पर्वतका सचिब पदमपाणी शर्माले दिएको जानकारी अनुसार नगरपालिकाको वडा न १ कार्किनेटामा वडा कमिटीका अध्यक्ष गिरीनारायण श्रेष्ठको नेतृत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यसैगरी वडा नं २ थापाठानामा वडा कमिटीका अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षताम ४ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने वडा नं ३ शंकरपोखरीमा वडा कमिटी अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा ५ सय १ सदस्यीय वडा निर्वाचन परिचालन समिति बनाइएको छ ।

यस्तै वडा नं ९ भंगारामा होमबहादुर पौडेलको अध्यक्षतामा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । नगरपालिका सबै वडामा निर्वाचन परिचालन समिति बनेको र एमालेलाई पुर्ण बहुमतका साथ नगरपालिकामा बिजयी गराउने अभियानमा नेता कार्यकर्ता लागेको जानकारी जिल्ला सचिब शर्माले जानकारी दिए ।

एमालेले वडाबाट उमेदवारको सिफारिस गर्ने काम समेत गरिरहेको जनाएको छ । फलेबास नगरपालिकामा प्रमुख पदमा एमालेका पुराना नेता तथा प्रदेश कमिटीका सदस्य मोतीप्रसाद पौडेल, जिल्ला सचिब पदमपाणी शर्मा, अर्का प्रदेश कमिटीका लेखा आयोग सदस्य देबेन्द्रराज पाण्डेय, एमालेको दुई कार्यकाल सम्म उत्कृष्ट सम्पर्क मञ्च बनाएका नेता पुर्ण गौतम, महिला नेतृ तथा नगरपालिका संयोजक मञ्जु अधिकारी, जिल्ला सचिबालय सदस्य बैकुण्ठ भुसाल लगायतले दाबी गरिरहेका छन ।

उपप्रमुखमा महिला नेतृहरुबाट जिल्ला सदस्यहरु धनकुमारी सुबेदी, शारदा देबी शर्मा, केशाकुमारी परियार, सुरक्षा लामिछानेले दाबी गरेका छन । नेकपा(एमाले)को बलियो संभावना भएको नगरपालिका भएकाले पनि आकाँक्षीहरु धेरै भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस