१३ चैत्र, पर्वत । पछिल्ला वर्षहरुमा व्यवसायीक पशु फर्महरुको फस्टाउन थालेपछि जिल्लामा पशु धन विमाको संंख्यामा पनि वृद्धि भएको छ । जिल्लामा उन्नत जातका पशु भित्रीन थालेसँगै पशु विमा बढन थालेको हो ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार स्थानीय हावा पानीमा हुर्कीएका भन्दा पनि बाहीरबाट व्यवसायीक पालनका लागि ल्याइएका उन्नत जातका पशुहरुको विमागर्नेको संख्या बढेको छ ।
विगतमा वर्ष भन्दा दुई वर्ष एता विमा गराउने पशु कृषकहरुको आक्रषण बढेको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार आर्थिक वर्ष ०७२ /०७३ को असार मसान्त सम्म ६ हजार दुई सय १२ वटा विमा भएको हो ।
कार्यालयका अनुसार गएको वर्ष गाई वरिष्ठ पशु विकास अधिकृत सुधिर थापाले गाई सात सय ५६ ,भैसी एक सय २७ ,बाख्रा तीन हजार एक सय १२ ,बंगुरमा २ सय १७ वटा विमा भएकोमा यस वर्ष संख्या उक्त संख्या बढेको हो । वरिष्ठ पशु विकास अधिकृत शुधिर थापाले चालु आर्थिक वर्षमा पनि दुई सय ७४ वटा पशुहरुको विमा भईहसकेको बताउनु भयो ।
प्रतिकुल मौसम र ढुवानी गरी ल्याइएका पशुहरुमा हावापानी फेरीने समस्या तथा लगानी व्यवस्थापनबाट सुरक्षीत रहन कृषकहरुले पालेका पशुहरुको विमा गर्ने गर्दछन । यसमा नेपाल सरकारले समेत विमाको कुल लगानीको पाँच प्रतिशत व्यहोर्ने व्यवस्था गरीए अनुसार कृषकहरु यस तर्फ आक्रषित भएका हुन । ६ सयका हाराहारीमा पशु पाल कृषक रहेको पर्वतमा विमा गराएर पशु पाल्ने किसानको संख्या क्रमश बढेको जिल्ला पशु सेवा कार्यालय पर्वतले जनाएको हो ।





प्रतिकृया दिनुहोस्