१३ चैत्र, पर्वत । पञ्चेवाजा संरक्षणमा पर्वतमा सांसद विकास कोषबाट २१ लाख रकम विनियोजन भएको छ । सांसद विकास लम्सालले १० लाख, सांसद अर्जुन जोशीले ८ लाख र सांसद कल्पना चापागईले ३ लाख गरी २१ लाख रुपैंया रकम विनियोजन भएको हो ।
शनिवार एक कार्यक्रमको आयोजना गरी पर्वत क्षेत्र न २ का सांसद लम्सालले पञ्चेबाजाका ११ सदस्य रहेको समुहलाई पञ्चेबाजा तथा त्यसका लागि आवश्यक ड्रेस लगायतका सामाग्रि समेत बितरण गरेका छन ।
लम्सालले आफ्नो रितिरिवाज, संस्कृतिलाई जर्गेना गर्नु सबैको दायीत्व भएको भन्दै बाजा बिना चाडपर्व शुवकार्यहरु खल्लो हुने हुदाँ पर्वतमा लोपउन्मुख पञ्चेबाजा लाई संरक्षण गर्न आफुले पञ्चेबाजा र ड्रेस बितरण गरेको बताए ।
उनले दलितले मात्र बाजा बजाउने संस्कारको अन्त्यहुनुपर्ने भन्दै बिभिन्न जातजाती बर्गका व्यक्तिहरुले पनि बाजा बजाई व्यवसायी बन्नुपर्नेमा जोड दिए ।
५ ठाउँका पञ्चे बाजाको समुह लाई बजा तथा ड्रेस बितरण गरिसकेका सांसद लम्सालले क्षेत्र नं.२ मा रहेका १९ जोली बाजाहरुलाई संरक्षणको लागी अभियाननै चलाएको बताए ।
आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्छ भनि लागेका दमाई समुदायका बृद्धहरुलाई युवा, अन्य समुदाय र सरकारले पनि उचित साथ र सहयोग गरे लोप हुन लागेको नौमती र पञ्चे बाजालाई संरक्षण गर्न टेवा पुग्ने उनको भनाई छ ।





प्रतिकृया दिनुहोस्