Print

एमाले कुश्मा नगरको बैठक सम्पन्न, जनजागरण अभियानका कार्ययोजना तय

२४ साउन, पर्वत । नेकपा एमालेको जनजागरण अभियानअन्तर्गत कुश्मा नगर कमिटीको आयोजनामा विभिन्न महत्वपूर्ण कार्ययोजना तय गर्दै बैठक सम्पन्न भएको छ।

नगर कमिटीका अध्यक्ष किशोर सापकोटाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य पदम गिरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रीय कमिटी सदस्य मनोहर वि. पौडेल, पूर्व केन्द्रीय कमिटी सल्लाहकार परिषद् सदस्य मेघनाथ सुवेदी, गण्डकी प्रदेश कमिटी उपसचिव मञ्जु अधिकारी, प्रदेश कमिटी सदस्यहरू राजु पौडेल, जुनादेवी नेपाली र खुमप्रसाद सुवेदी, जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडी, सचिव सुवासचन्द्र पौडेललगायत जिल्ला तथा नगर कमिटीका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो।

त्यसैगरी विभिन्न वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

बैठकले एमालेको जनजागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा अभियानअन्तर्गत विभिन्न गतिविधि अघि बढाउने सम्बन्धमा महत्वपूर्ण कार्ययोजना तय गरेको जनाइएको छ।

बैठकमा सहभागी सम्पूर्ण नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा उपस्थित सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।