Print

प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जनताले दिए सुझाब

सुबास लामिछाने/२७ माघ, पर्बत पर्बत जिल्लाको दक्षिणी क्षेत्र हुबासमा रहेको ईलाका प्रहरी कार्यालय हुबासमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम बोल्ने अधिकांश बक्त्ताहरुले प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जोड दिइएका छन् । जिल्लाको सुदुर दक्षिण क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यलयमा आयोजित कार्यक्रममा बोल्ने बक्त्ताहरुले यस्तो बताएका हुन ।
जनता र प्रहरी बीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको नागरिक सुनुबाई कार्यक्रममा अधिकांश वक्ताहरुले प्रहरीको काम कारबाहीको समीक्षा गर्दै आगामी दिनमा प्रहरीले थप चुस्त दुरुस्त र नागरिक मैत्री सेबा प्रवाह गर्ने अपेक्षा समेत गरेका छन् ।

समाजमा वहुविवाह ,वालविवाह, घरेलु हिंसा, जुवातास र मादक पदार्थ सेवन गर्ने जस्ता कामहरुमा नियन्त्रण आउन अझै नसकेको भन्दै नागरीकहरुले यसलाई नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरेका थिए । उनीहरुले समाजमा हुने यौन दुराचार, चोरी डकैती जस्ता घटनाहरु न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रमको खाँचो रहेको बताएका थिए । दक्षिणका जनतालाई सेबा दिने उदेश्यले इलाका प्रशासन कार्यलयको स्थापना भएपनि कार्यलयबाट झन सास्ती खेप्नु परेको केहि सर्बसाधारणले गुनासो समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्म्भुप्रसाद मरासिनीले दक्षिणी क्षेत्रका जनताहरुले गरेका बिभिन्न गुनासा र सुझाबहरुलाई आफुले मनन गरेको बताउनुभयो । उहाँले सदरमुकामबाट दुर दराजमा रहेको क्षेत्र भएकोले जनताका ईच्छा र आकाक्षा पुरा गर्न केहि समय अगाडि मात्र यस क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना भएको र जनताका अन्य आबश्यकताहरु पनि बिस्तारै पुरा हुने बताउनुभयो ।

उहाँले अपराध नियन्त्रण, अनुसन्धान र रोकथाममा प्रहरी र जनता बीचको स्बस्थ वाताबरणको बिकल्प अरु कुनै नभएको र बर्तमान अबस्थामा उक्त वाताबरण तुलनात्मकरुपमा विकसीत हुदै गएकोले दुबै पक्ष बीचको सम्बन्ध प्रागढ रहेको भन्दै हुदा पिडितहरु र जनताले प्रहरीहरुको राम्रो सेबा पाउने कुरामा सबैलाई बिस्बस्त पार्नुभएको थियो । उहाँले समाजमा हुने महिला हिंसाका घटनाहरु बढेको गुनासालाई सम्बोधन गर्देै महिलाहरुलाई आर्यआर्जन र जनचेतना मुलक कार्यक्रममा लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी नायब निरीक्षक शेखर खनालले त्यस क्षेत्रका जनताहरुले राखेको सल्लाह, सुझाब र गुनासाहरुको समाधान गर्न आफुले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । जघन्य अपराध, चोरी डकैति, जस्ता अनुसन्धानमा केही कमी भएको गुनासोका विषयमा आश्वासन दिदै खनालले त्यस्ता कामहरुमा सर्बसाधारणको साथ र सहयोग पाएमा अनुसन्धान गर्न थप सजिलो हुने र प्रहरी मेरो साथी भन्ने कुरा बुझन जनताहरुलाई आग्रह गर्नुभयो । उहाँले त्यस क्षेत्रका विभिन्न गाबिसका जनताहरुबाट आएका सुझाव र गुनासा प्रति प्रहरी गम्भीर भएको बताउनुभयो । प्रहरीमा राजनीतिक हस्तक्षेपका कारण जुनसुकै अपराधी पनि छुट्दै आएको सर्बसाधारणको गुनासोलाई सम्बोधन गर्देै उहाँले अहिलेसम्म प्रहरी कुनै राजनीतिक दबाबमा नपरेको भन्दै राजनीतिक पहुँचमा कोहि कसैलाई छुटाईएको भए तत्काल खबर गर्ने आग्रह समेत गर्नुभयो । उहाँले प्रहरीले दिन मिल्ने सुचना अहिलेसम्म दिइरहेको र दबाबको रुपमा प्रहरीले कुनै कार्य नगर्ने दाबि गर्नूभयो ।

उहाँले नागरिक सुनुबाई कार्यक्रमहरुमा सहभागिहरुको उपस्थितिको कदर गर्दै प्राप्त राय सुझाबहरुको लागी धन्यबाद दिदै उक्त कार्यक्रमले जिल्ला प्रहरी कार्यालय समेतको कार्य क्षेत्र प्रति गम्भिर ध्यानाकर्षण गराएको बताउनुभयो । कार्यक्रममा जिल्ला कृषि बिकास कार्यलय पर्बतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी र जिल्ला ट्राफिक कार्यालय पर्बतका प्रमुख महेन्द्र रानाभाटले पनि नागरिकका गुनासोहरुको सम्बोधन गर्नुभएको थियो ।
इलाका प्रहरी कार्यलय हुबासका प्रहरी निरिक्षक देबीप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा त्यस क्षेत्रका झण्डै आधा दर्जन गाबिसका सर्बसाधारण, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीबि, नागरिक समाज, ब्यापारी, लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस