२८ माघ, पर्वत । पर्वतको चित्रे गाविस देशकै पाँचौ बालमैत्रीपूर्ण गाविस हुने भएको छ । शुक्रबार जिल्ला स्तरीय अनुगमन समितिले बालमैत्री गाविसका सुचकहरुको अनुगमन गरेपछि गाविसलाई बालमैत्री गाविस घोषणा गरिने भएको हो ।
बालमैत्री स्थानीय शासन सहितको गाविस हुनका लागि सरकारले तोकेबमोजीमका ३९ वटा सुचकहरु गाविसले पुरा गरेपछि आगामी फागुन मसान्त भित्र गाविसलाई बालमैत्रीपूर्ण गाविस घोषण गर्न लागिएको चित्रे गाविसका सचिव गोकूल शर्माले जानकारी दिए । शर्माका अनुसार गाविसमा हालसम्म ९ वटा बालक्बल गठन भएका छन् भने स्थानीय शासनका सवै जसो प्रक्रियाहरुमा बालसहभागीता सुनिश्चित भएको छ । बाल सहभागीता र संरक्षणका लागि गाविसले विगत २ बर्ष देखि विभिन्न निकायको सहयोगमा बालमैत्रीपूर्ण गतिविधिहरु सञ्चालन गर्दै आएको छ । उक्त कार्यका लागि गाउँ विकास समिति, जिल्ला विकास समिति र प्लान नेपाल लगाएतले सहयोग गर्दै आएका छन ।
चित्रेलाई देशकै पाँचौ बालमैत्रपूर्ण घोषणाको अनुमोदनका लागि शुक्रबार जिल्ला स्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरेको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी शुम्भप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी युवराज पौडेल, प्रहरी नायव उपरिक्षक शेखर खनाल, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, अनुसन्धान अधिकृत विष्णु पण्डित, भुसंरक्षण अधिकृत अजय कार्की, निमित्त महिला विकास अधिकृत तारा सुनवार, पत्रकारहरु राजबाबु पिसी, गणेश गिरी र रोशन तिवारी लगाएतको सहभागीता थियो । अनुगमनको क्रममा स्थानीय शिक्षक मधुसुदन अधिकारीले गाविसमा बालमैत्री पूर्ण ब्यवहारका उपलब्धिहरुलाई प्रस्तुत गरेका थिए । अनुगमन समितिले गाविसका विद्यालयहरु र स्वास्थ्य संस्थामा बालमैत्री ब्यवहार र उनीहरुका संरक्षणका विषयमा स्थलगत अनुगमन गरेको थियो ।





प्रतिकृया दिनुहोस्