Print

राष्ट्रपति रनिङ शिल्डको खेल फलेवासमा शुरु

माधब पराजुली, २७ माघ,  पर्वत । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पर्वत क्षेत्र नम्बर २ को छनोट खेल फलेवासमा सञ्चालन भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद सबैका लागी खेलकुद भन्ने मुलनाराका साथ बिहीबार बाट शुरु गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय कार्यक्रमअर्तगत संचालन हुने बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल आज देखि २९ गतेसम्म चल्ने छ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुलाई समाबेश गरिने छ ।
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ सय मि.पुरुष दौड,८ सय मि.महिला दौड,१०० मि. पुरुष दौड,छेलो फाल्ने प्रतियोगिता,पुरुष तथा महिला हाईजम्प तथा लङजम्प,पुरुष तथा महिला भलिबल प्रतियोगिता,एथ्लेटिक्स, कबड्डी, तेक्वाण्डो र कराँते लगाएतको खेल हुने जनाईएको छ ।
उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले गर्नु भएको हो । उद्धघाटन गर्दै पौडेलले विद्यालय भनेको शिक्षा आर्जन गर्ने ठाउँ मात्र नभएर खेलकुद सिक्ने माध्यम भएको बताउदै यस कार्यक्रमले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गराउन महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो ।उहाँले खेलकुद मानिसको लगाी अपरीहार्य अगं रहेको भन्दै खेलकुदले मानीसको शारीरीक, मानसीक तथा वौद्धिक विकस हुने बताउनुभयो ।
साथै उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई सभव्य र भव्य बनाउनको लागी जिल्ला शिक्षा कार्यालयले निगरानी गर्ने बताउनुभयो ।
बिहिबार पहिलो दिन १५ सय मि.पुरुष दौड,८ सय मि.महिला दौड,१०० मि. पुरुष दौड,छेलो फाल्ने प्रतियोगिता,पुरुष तथा महिला हाईजम्प तथा लङजम्प लगाएतका प्रतियोगिता सम्पन्न भएको छ ।
१५ सय मि. दौडमा लिमिठाना मा.बि.का कमल नेपाली प्रथम हुनुभएको छ । उहाँले ६ मि. २ सेकेन्डमा दुरी पार गर्नु भयो । शालीग्राम मा.बि. सेतीबेनीका नबिन तिवारीले ६ मि.३३ सेकेन्डमा दुरी पार गर्दै दितीय हुनुभयो भने जनज्योती उ.मा.बि. खाल्टेका सञ्जय कुवँरले ६ मि. ४२ सेकेन्डमा दुरी पार गर्दै तृत्य स्थान हासिल गर्नुभयो ।
अन्य प्रतियोगिताको नतिजा पछील्लो दिन घोषणा गर्ने जिल्ला खेलकुद विकास सघं ले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ ओटा बिधालयको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस