Print

पर्वत देशकै पहिलो तुईन मुक्त जिल्ला, १ सय ३५ वटा झोलुंगे पुल निर्माण सम्पन्न

२७ माघ, पर्वत । पर्वत जिज्ला तुईन मुक्त भएको छ । जिल्ला विकास समिति पर्वतका अनुसार औपचारिक रुपमा घोषणा नगरिए पनि जिल्ला तुईन मुक्त भएको हो । सरकारले देशका सवै खोलाहरुमा पुल निर्माण गरी तुईन मुक्त देश बनाउने अभियान सञ्चालन गरीरहेको बेला पर्वत जिल्ला भने तुईन मुक्त भएको हो ।

कुश्मा बलेवा जोड्ने यान्त्रिक तुइन

जिल्लामा हाल १ सय ३५ वटा झोलुंगे पुल निर्माण भईसकेका छन । जिल्ला विकास समिति पर्वतले विगत डेढ दशक अगाडि देखि जिल्लामा झोलुंगे पुल निर्माण कार्यक्रम सञ्चालन गरीरहेको छ । जिविस पर्वतका इन्जिनियर शिव बराल भन्छन–‘अधिकांश खोलाहरुमा झोलुंगे पुल निर्माण भईसकेको छ ।’ जिल्लामा कालीगण्डकी र मोदी खोला हिउँदमा पनि सर्वसाधारण तर्न नसक्ने खोलाहरुमा पर्छन । बाँकी खोलाहरु बर्षातको
समयममा मात्र ठूला हुन्छन । ‘स्थानीयको माग बमोजीम अधिकांश स्थानमा पुल निर्माण भईसकेका छन ।’ इन्जिनियर बराल भन्छन–‘साना खोलाहरुमा बाहेक अत्यावश्यक ठाउँमा पुल निर्माण भएको छ ।’ जिल्लामा रहेका कालीगण्डकी नदिका केहि स्थानमा सामान ओसारपोसारका लागि निर्माण गरिएका तुईन भएको स्थानहरुमा समेत झोलुंगे पुल निर्माण भईसकेका कारण जिल्लामा तुईन प्रयोग गरेर खोला तर्नुपर्ने बाध्यता कतै पनि नरहेको बरालले बताए ।

पर्वत जिल्लामा यस अघि नेपालकै अग्लो खोच माथि तीन वटा झोलुंगे पुलहरु निर्माण सम्पन्न भईसकेका छन । जिल्लाको मोदीखोलाको खोँचमा दुई वटा र कालीगण्डकी नदीमा एक गरी तीन वटा पुल निर्माण सम्पन्न भएका हुन । त्यसैगरी नीजि क्षेत्रको लगानीमा कालीगण्डकी नदीमा कुश्मा र बलेवा क्षेत्रलाई जोड्ने गरी एउटा ब्यवसायीक यान्त्रिक तुईनको समेत निर्माण भएको छ ।

कुश्मा–ज्ञादी झोलुंगे पुल

जिल्लामा स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग अन्तर्गतको सहयोगमा झोलुंगे पुलहरु निर्माण हुने गर्छ । झोलुंग पुल निर्माणका लागि हेल्भेटासको टिविएसयू नामक अन्तराष्ट्रिय सहयोगी निकायले आरटिएपि कार्यक्रम अन्तर्गत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक बर्षमा मात्र जिल्लामा थप ९ वटा झोलुंगे पुलहरु निर्माणको चरणमा रहेका छन । १ सय २० मिटर भन्दा कम लम्बाईका पुलहरु उपभोक्ता समिति मार्फत जिल्ला विकास समिति पर्वत आफैले निर्माण गर्ने गरेको छ । उक्त कार्यका लागि जिल्लामा सीड नेपाल, इम्प्रेड नेपाल र खुर्कोट युवा क्लब नामक तीन वटा गैर सरकारी संस्थाहरुले सामाजिक परिचालनको सहयोग उपलब्ध गराउँदै आएका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस