Print

आज प्रतिनिधि सभा निर्वाचन : यस्तो छ पर्वतमा वडागत मतदाताहरुको संख्या


२१ फागुन, पर्वत । आज प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुँदैछ । देश भरजस्तै पर्वत जिल्लामा पनि प्रतिनिधि सभा निर्वाचनको लागि सवै जसो मतदान केन्द्रहरुमा मतदान शुरु भईसकेको छ ।

यस अघि २०७९ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा भदौ २३ र २४ गते भएको आन्दोलनबाट विघटन भएको थियो । विघटित प्रतिनिधि सभाको निर्वाचन आज हुन लागेको हो । पर्वत जिल्लाका ७६ वटा मतदान केन्द्रहरुबाट आज एकै साथ सम्पन्न हुँदैछ ।

कुल १ लाख २५ हजार ४ सय ६६ जना मतदाता रहेको पर्वत जिल्लाका वडाहरुको मतदाताको तथ्यांक तल उल्लेख गरिएको छ ।