Print

पर्वतमा रास्वपाको फराकिलो अग्रता


२३ फागुन, पर्वत । जारी मतगणना अनुसार पर्वतमा रास्वपाका सागर भुषालले फराकिलो अग्रता कायम गरेका छन् । विहान ७ बजेसम्मको मतविवरण अनुसार भुषालले २५ हजार २५ मत ल्याउँदा कांग्रेसका अर्जुन प्रसाद जोशीले १४ हजार ७ सय ९३ मत ल्याएका छन् ।

यसैगरी एमालेका उमेदवार पदम गिरीले भने १४ हजार ३ सय ३१ मत ल्याएका छन् ।