६ फागुन, पर्वत । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ पर्वत जिल्ला कार्यसमितिको अध्यक्षमा नरबहादुर बराल चयन भएका छन् । संघको तेस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मिठुलाल सिके, देबि बिक सचिवमा भुपेन्द्रनाथ पौडेल, कोषाध्यक्ष खिमबहादुर कोइराला र सह सचिवमा रामबहादुर खड्का निर्वाचित भएका हुन् ।
यसैगरी समितिको सदस्यहरुमा राधा कुमारी शर्मा, तिलकराम पोख्रेल, सागर पौडेल, गीता गैरे, सम्झना सुवेदी, धुव्र कुमयर क्षेत्री, शुसिला मगर, सागर पौडेल, राजु बोहरा, विक्रम भुवाजी, प्रकाश सुवेदी, रस्मी काप्ले चयन भएका छन् । यसैगरी अन्य सदस्यहरुमा बुद्धिसागर भुषाल, मिना शर्मा तिवारी, कमला कुमयरी शर्मा, अमृत पौडेल, उज्वल तिवारी, निर्मला पौडेल चयन भएको छन् ।
उता, नेपाल राष्टिय शिक्षक संगठन पर्वतको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दुर्गा पौडेल चयन भएका छन् । संगठनको तेह्रौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र सुरेन्द्र शर्मा गौतम सचिवमा टंकलाल भुषाल, कोषाध्यक्षमा देवेन्द्र पौडेल, सह सचिवमा सीता शर्मा ,सह कोषाध्यक्षमा हुमा कुमारी शर्मा चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा आनन्द पौडेल, सुरेश पौडेल, लोकनाथ शर्मा, भानुभक्त अधिकारी, पशुपति न्यौपाने, विनय शर्मा चापागाई, लेखकाजि गुरुङ, राजेन्द्र सापकोटा, सुमित्रा शर्मा, पवित्रा शर्मा, गंगा कुमारी क्षेत्री चयन भएका छन् ।
यसैगरी अन्य सदस्यहरुमा भोजराज भुसाल,चित्र व कुवर, लक्ष्मि परियार चयन भएका छन् । संगठनको केन्द्रिय प्रतिनिधीमा चिरन्जिवी अधिकारी, गोविन्द विक, एकनाथ शर्मा, नारायण लामिछाने, गितादेवी शर्मा चयन भएका छन् । दुवै संगठनमा निर्विरोध नेतृत्व चयन भएको नेकपा एमाले पर्वतका प्रसार विभाग प्रमुख तथा उप सचिव बिमल लामिछानेले जानकारी दिए ।




