Print

मालढुङगा बस दुर्घटना : सांसद गिरीद्धारा दुःख ब्यक्त

३ माघ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा भएको वस दुर्घटनाका विषयमा प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले दुःख ब्यक्त गरेका छन ।

विहिवार नै एक विज्ञप्ति जारीगर्दै ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनाले आफूलाई दुःखी तुल्याएको बताएका छन । म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको थियो ।

वस दुर्घटनामा घटनास्थलमै ३ र उपचारको क्रममा थप ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये ३० जना यात्रु घाइते भएका छन ।

सांसद गिरीले विज्ञप्तिमा मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना ब्यक्त गरेका छन । सांसद गिरीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको यथोचित उपचारको प्रवन्ध गर्न सरकारसंग माग समेत गरेका छन । गिरीले जारी गरेको विज्ञप्तिमा मृतकहरुको परिवारलाई उचित क्षतिपूर्तिको समेत माग गरिएको छ । गिरी पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन ।