Print

वस दुर्घटनाका घाइते भेट्न अध्यक्ष तिमिल्सीना अस्पतालमा

३ माघ, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका वडा नं। १ मालढुंगामा भएको बस दुर्घटनाका गम्भीर घाइतेसँग भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ जाँदै गरेको बस मालढुंगाबाट कालीगण्डकी नदिमा खस्दा गम्भीर घाइते भई काठमाडौंको ग्राण्डी अस्पताल र छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत बिरामीलाई भेटघाट गर्नुभएको हो।

बिहीबार बिहान करिब ८ बजे भएको दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र चारजनाको उपचासका क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा परि ३२ जना घाइते भएका छन्, जसमध्ये गम्भीर घाइते ७ जनाको काठमाडौं तथा अन्य घाइतेको पोखरा र बागलुङमा उपचार भैरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो।

अध्यक्ष तिमिल्सिनाले दुर्घटनापरि मृत्यु हुनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै मृतका परिवारलाई आवश्यक राहत तथा घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई तथा सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ।