Print

बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो (नामावली सहित)

३ माघ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको थियो ।

वस दुर्घटनामा घटनास्थलमै ३ र उपचारको क्रममा थप ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये ३० जना यात्रु घाइते भएका छन ।

घाइते मध्ये अवस्था गम्भिर रहेका २ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । यसैगरी घाइते मध्ये चालक रमेश पराजुली सहित अन्य ४ जनालाई उपचारका लागि पोखरा लगिएको छ । अन्यको वागलुङ स्थित अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु मध्ये ४ जनाको सनाखत भईसकेको छ ।

सनाखत हुनेमा म्याग्दी जिल्ला पाखापानीका २१ बर्षिया राजेश पुन, जलजला गाउँपालिका ८ पर्वतक ५० बर्षिया टिके परियार र उनकी श्रीमती ४० बर्षकी सेती परियार तथा बागलुङ नगरपालिका ४ की ४८ बर्षिया शान्ति केसी रहेकी छिन । मृत्यु हने अन्य ३ जनाको सनाखत अझै हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । मृत्यु हुने मध्ये ३ जनाको को शव पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल र बाँकी ४ जनाको शव अञ्चल अस्पताल बागलुङमा राखिएको छ ।

नारायणगढका लागि म्याग्दीको वेनीबाट छुटेको बसमा पर्वत वेनीबाट यात्रु थपिएका थिए । घाइते हुनेमा पर्वतको जलजला गाउँपालिकाका स्थानीय छन । साँधुरो सडकमा वसको गति बढि भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

घटना स्थलमा मृत्यु भएका
१।जिल्ला म्याग्दी पाखापानी २ वस्ने वर्ष २१ को राजेश पुन
२।नामथर वतन नखुलेको महिला । ३।नामथर वतन नखुलेको पुरुष ।

धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू :
१।जिल्ला पर्वत जलजला गाउपालिका वडा न ८ वस्ने वर्ष ४० की सेती परियार
२।ऐऐ वस्ने वर्ष ५० को टिके परियार९सिन १ उल्लेखित महिलाको श्रीमान रहेको ०
३।जिल्ला वाग्लुङ नगरपालिका वडा ४ वस्ने वर्ष ४८ की शान्ति के सी
४।नामथर वतन नखुलेको पुरुष

घाईतेहरु
१. जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।
२. जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी ।
३. ऐ।ऐ। बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४. ऐ।ऐ। बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।
५. जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।
६. ऐ।ऐ। बस्ने बर्ष ११ कि दिपिका बोहरा ।
७. जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।
८. जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । पोखरा रिफर 
९. ऐ।ऐ। बस्ने बर्ष ३ को शंकर पौडेल ।९ पोखरा रिफर ०
१०. जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल।
११. जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।
१२. जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१३. जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली ।।९ पोखरा रिफर ०
१४. जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।
१५. जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।
१६. जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।
१७. ऐ। ऐ। बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१८. ऐ।ऐ।बस्ने वर्ष ५६ की हेमकला रेग्मी । पोखर रिफर 
१९. ऐ।ऐ। बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०. जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।
२१. ऐ।ऐ। बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।
२२. जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।
२३. जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।
२४. जिल्ला धादिङ बर्ष ५५ को मान बहुर गुरूङ ।
२५. जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।
२६. ऐ।ऐ। बस्ने बर्ष २७ को दिपक परियार ।
२७. ऐ।ऐ। बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।
२८. ऐ।ऐ। ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी ।
२९. जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।
३०. जिल्ला चितवन बस्ने बर्ष नखुलेको लक्ष्मी पौडेल ।