प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ देशमा नयाँ संविधान जारी भएसंगै भएको आमनिर्वाचनको एक बर्षमा संघिय साँसदले पर्वतमा के के काम गरे र आगामी दिनमा के गर्ने योजना बनाएका छन् भन्नेजनताको चासो रहिआएको छ साँसद पदम गिरीले पत्रकार सम्मेलन गरि केहि दिन अगाडी आफ्ना उपलब्धी सार्वजनिकगरेका छन् हामीले केहि गहिराईमा पुगेर गिरी संग उनका एकवर्षका उपलब्धी र आगामी कार्यायोजनाका बारेमा पर्वत नेपाल डटकमले लिएको अन्तरर्वाता :
एक वर्षको अवधिमा कति काम पुरा भए कति अधुरा रहे ?
एकवर्षमै सबै काम पुरा हुँदैनन् । एक बर्षको अवधिमा प्रतिनिधि सभा मार्फत कानून निर्माण कार्यमा म सक्रिय भएर लागेँ । योअवधिमा जिल्लाबासीले विकास निर्माणमा सामान्य रुपमा अनुभूति गर्ने गरी काम शुरु गरेको छु । मैले यत्ति भन्न सक्छु कि हामीलेविकासको जग बसालिसकेका छौँ । यो अवधिमा मैले चुनावमा गरेका बाचा कसरी पुरा गर्न सक्छु भन्नेमा केन्द्रित भएको छु । मैलेभन्दै आएको छु कि विकास भनेको जादूको छडी जस्तो भर्खरै हुने कुरा हैन् । विकासका पनि प्रक्रिया हुन्छन् । संभाव्यता अध्ययनगर्नुपर्छ, योजना पार्न धाउनुपर्छ, बजेटमा उल्लेख हुनुपर्छ, वजेट एकैपटक आउँदैन् । त्यहि भएर नीतिगत र प्रक्रियागत कारणले पनिप्रगतिहरु एकै पटक हुँदैनन् । मैले एक वर्षको अवधिमा यति काम पुरा गरेँ भन्दा पनि अधुरा नै छन् र पाँचवर्षमा कुनै अपुरा नहुनेगरि गरिछाड्ने छु ।
एक वर्षको अवधिमा के के कामको जग बसाल्नुभयो ?
तपाईले देख्नु र सुन्नुभएकै छ मैले सडकलाई पक्कि बनाउने अभियान शुरु गरेको छु । पूर्वाधार विकास कोषको रकम मैले सबैपक्कि सडक बनाउन बिनियोजन गरेको छु । केहि सडक कालोपत्रेको चरणमा प्रबेश गरिसकेका छन् । सडक पक्कि भएपछिहामीले फेरि जनताको अर्को आवश्यकतामा प्रबेश गर्छौँ । हामीले देखिने गरि काम गर्ने सोचका साथ अगाडी बढाएका छौँ । सडककालोपत्रेको काम शुरु भएको छ । कतिपय योजना बजेट अभावले रोकिएका थिए । वारीवेनी–बगरफाँट–बाँसखर्क सडक,दोविल्ला–सिल्मी–ठुलिपोखरी सडक, पातिचौर–देउपुर–लप्सिबोट सडक,डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडक र अर्मादी–खुर्कोट–बनौ सडक निर्माणको चरणमा गईसकेकाले केहि बर्षमा यी सडक पुरा हुनेछन् । प्रदेश सभा क्षेत्र न२ अन्तर्गत रहेका लमायखोला–लुंखु सडक, मु्डिकुवा–लमायखोला सडक समेत निर्माणकै चरणमा छन् । प्रदेश सभा क्षेत्र न २ माबाँकी सडकहरु समेत कालोपत्रेको चरणमा छिट्टै जानेछन् । क्षेत्र नम्बर १ को कुरा गर्नुहुन्छ भने वारीवेनी–माझफाँट–लेकफाँटसडक, मिलन चोक–लेकफाँट–शालीजा सडक, मिलनचोक–धाइरिङ सडक कुश्मा–दुर्लुङ–क्याङ–सडक, सहस्रधारा–तारततरकोट– बनौ सडक, पातिचौर–बाजुङ–क्याङ सडक, साइकलचोक–ठुलिपोखरी–खौला सडक, दोविल्ला–पकुवा–गगटे–आर्थरसडक कालोपत्रेको चरणमा लैजान प्रदेश र संघिय सरकारमा मैले पहल गरिरहेको छु । क्षेत्र न २ अन्तर्गतका चिसापानी–हातेमालोचोक–बर्राचौर सडक, लुंखु–पाखापानी–भोर्ले–हुवास सडक कार्किकेटा–थापाठाना–शंकरपोखरी–खानीगाउँ–जैमिनी सडकदोविल्ला–फलेवास ढिक सडक, लुंखु मिलनचोक–बालाकोट–होश्राङदी सडकलाई पनि मेरो कार्यकालमा कालोपत्रे जसरी पनि गरेरैछाड्ने प्रतिबद्धता ब्यक्त गर्छु ।
सडक बाहेक अरु कुन कुन योजना प्राथमिकतामा छन् ?
पर्वत जिल्लालाई खानेपानीयुक्त जिल्ला घोषणाको तयारीमा छौँ । सबै घरमा खानेपानीको पहुँच पु¥याउन हामीले ‘एक घर एक धारा’अभियान सञ्चालन गरेका छौँ । त्यस्तै रुग्ण अवस्थामा रहेका सामूदायिक क्याम्पस र विद्यालयको सुधार गर्ने कार्यक्रम पनि छ ।यूवाहरुलाई कृषि तर्फ आकर्षित गर्न र घरेलु उद्यमलाई प्रोत्साहन गर्ने कार्यक्रम छ । सरकारले यूवाहरुलाई सहुलियतपूर्ण ऋणकोव्यवस्था गरेको छ । यो कार्यक्रमले यूवाहरुलाई बिदेश जानुहुन्न देशमै केहि गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ । स्वास्थ्यको क्षेत्रका कुरागर्नुहुन्छ भने सबै स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्न मैले पहल गरेको छु । सबै स्थानीय तहलाई बलियो बनाउनमैले आफ्नो ध्यान केन्द्रित गरेको छु । स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिन केन्द्र सरकारले ध्यानाकर्षण गराएको छु ।भूकम्प पीडितलाई सहज रुपमा अनुदानको व्यवस्था गराउन पनि मैले दवाव दिईरहेको छु । जनताका आधारभूत आवश्यकतालाईलिएर मैले काम गर्दै आएको छु ।
तपाईले सडकलाई मात्रै प्राथमिकता दिँदा अरु क्षेत्र ओझेलमा पर्ने हुन कि ?
त्यस्तो कदापी हुँदैन् । मैले यो वर्ष सडकलाई जोड दिएँ । अर्को वर्ष अर्को योजना पुरा गर्छु । एकै पटक थोरै बजेटले धेरै काम गर्नसकिँदो रहेनछ । हामीले बजेट छरेर धेरै योजना देखाएर कुनै विकास हुँदैन् । कुनै पनि योजना पुरा गर्न प्रर्याप्त बजेट चाहिन्छ । योवर्ष सडकका योजना सम्पन्न गरेपछि अर्को वर्ष खानेपानी, शिक्षा, उर्जा वा पर्यटनका लागि मात्रै योजना बनाएर काम पुरा ग¥यौँ भनेबल्ल दिगो रुपमा योजना पुरा हुन्छ । सडक नभई अरु विकास हुन सक्दैन् । सहज सडक बन्यो भने गाउँमा उत्पादीत कृषि उपजबजार आउन सहज हुन्छ । सडककै कारण गाउँको उत्पादन बजार आउन सकेको छैन् । सडक राम्रो भयो भने आवाजजावत सहजहुन्छ भने गाउँमा पर्यटक पुग्न पनि सजिलो हुन्छ । सडक सहज भयो भने गाउँ र बजार समान हुन्छ । गाउँ रित्तिदै गएको सुविधाकोअभावका कारण नै हो । सडक सहज भएपछि मानिसहरु गाउँमै संभावना देखेर त्यहि रमाउँछन् । सडक विकासको पहिलोखुड्किलो भएकाले मैले यो वर्ष सडकलाई बढि जोड दिएको हुँ । सडक बनेपछि अरु संभवनाका ढोका खोल्छन् । त्यसपछि हामीअरु योजनामा पक्कै ध्यान दिनेछौँ ।
तपाईले आफुले गरेका काम बाट जनता सन्तुष्ट छन् कि छैनन होला ?
काम गने मान्छे सँग सबै सन्तुष्ट हुन्छन् भन्ने हुँदैन । सन्तुष्टि संगै असन्तुष्टि पनि आउँछन् । मैले असन्तुष्टि पनि सुनेको छु । जनतातत्कालै काम होस भन्ने चाहान्छन् । विकास भन्ने कुरा छु मन्तर लगाए जस्तो तत्कालै हुने कुरा हैन् । तत्कालै मैले भनेजस्तै होस भन्नेजनता असन्तुष्ट हुन सक्छन् । फलामलाई फलामले काट्छ भने जस्तै मैले सबैलाई दंग पार्ने गरि काम गरेर सबै असन्तुष्टलाई खुशीपार्नेछु । मैले चुनावमा गरेका कुनै बाचा भुलेको छैन् । समग्रमा मेरो कामप्रति नागरिकहरुको सन्तुष्टि पाएको छु । धेरै वर्षपछि हामीलेखोजेको प्रतिनिधी फेला पारेका छौँ भनेर जनता खुशी भएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई जनताले दिएको मतकोदुरुपयोग नहुने गरी जनतालाई नै सम्झेर जनताको काममा लागि परेको छु ।
साँसदमा पर्वतका जनताले गर्व गर्ने गरि मैले कुरा उठाउने छु भन्नुभएको थियो नि ?
हो मैले चुनावमा विजयी भएपछि जनतालाई सम्बोधन गदैै यसो भनेको थिएँ । मैले भने अनुसार नै पर्वतको विकासका बारेमा बोल्दैआएको छु । मैले पर्वतको समस्या, संभावना, यहाँका जनताका आकँक्षा, देशमा देखिएका विभिन्न समस्याको बारेमा बोल्दै आएकोकुरा यहाँले पनि देख्नुभएको होला । पर्वतबाट मलाई अत्याधिक मत दिएर पठाएका जनताका हरेक जनजिविकाका सवालमा मैलेखरो रुपमा संसदको ध्यानकर्षण गराएकै छु र गराईरहनेछु । हामीले जिताएका प्रतिनिधी त्यसै समय खेर फाल्ने काम गर्दैनन भन्नेकाम गर्न म प्रतिवद्ध छु । पर्वत कृषि, उर्जा, उद्योग, पर्यटन लगायतका संभावना राम्रो भएर पनि पछि नै छ । मैले सरकारलाईपर्वतको विकासमा ध्यान दिन ससक्त रुपमा ध्यानाकर्षण गराईरहनेछु यसमा तपाई सबै ढुक्क भए हुन्छ भन्न चाहान्छु ।
पर्वत नेपाल डट.कम. लाई तपाई केहि भन्न चाहानुहुन्छ ?
पर्वत नेपाल डट.कम. अनलाईनले बेलाबेलामा मेरो काम र जनताका गुनासाहरु म सामू ल्याएर समाधानको उपायको खोजीगरिरहेको मैले स्मरण गरिरहेको छु । यो अनलाईनले कुनै एक पक्षको मात्रै पृष्ठपोषण गरिरहेको छैन् । प्राय बिदेशमा रहेकानेपालीहरुलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने काम गरिरहेको छु । विदेशमा रहेका नेपालीहरुले विभिन्न माध्यमबाट देशलाईसहयोग गरिरहेको, पीडित व्याक्तिहरुलाई सहयोग गरेको पनि पढ्ने गरेको छु । विहान उठेर कालो चिया वा कफि लिनुभन्दा पहिलेमैले यो अनलाईन हेर्ने गरेको छु । मलाई यो अनलाईन संधै हेरिरहने वानी नै परेको छ । यहाँहरुले जुन मिहेनत गर्नुभएको छ रदेशलाई समृद्ध बनाउने प्रयास गरिरहनुभएको छ । निष्पक्ष समाचार प्रकाशित गर्नुभएको छ । यसलाई निरन्तरता दिनुहोला । तपाई रहामी मिलेर नै असल समाज निर्माण गर्न सक्छौँ र समृद्ध नेपाल र सुखी नेपाली बन्ने अभियान सफल बनाउन सक्छौँ धन्यवाद ।