१९ वैशाख, पर्वत । १२९ औं मजदुर दिवसको अवसरमा अनुभव साटासाट गर्न जम्मा भएका मजदुरहरुले आफना न्यूनतम आवश्यकता पुरा गर्न सरकारसंग माग गरेका छन् ।
क्यूपेक नेपाल पर्वत र बाग्लुङ्गले संयुक्त रुपमा कुश्मा नगरपालीका वार्ड नं. १ मालढुङ्गामा आयोजना गरेको कार्यक्रममा यतिवेला किसान र मजदुरको पक्षमा काम गर्ने कम्यूनिष्ट सरकार बनेको हुंदा यसपटक मजदुरका माग पुरा नभए कहिल्यै पनि हाम्रा माग सुनुवाई नहुने भन्दै मजदुरहरुले एमालेका नेताहरुको ध्यानाकर्षण गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवम नेकपा एमाले प्रदेश कमिटि सदस्य मनोहर वि.पौडेलले मजदुरहरुको सीप र मेहनतले धनि हुनेहरुले मजदुरका गुनासा र समस्यामा वेवास्ता गरेका कारण मजदुर एकताबद्ध हुनु परेको धारणा व्यक्त गर्नुभयो ।
एमाले बाग्लुङ्गका कार्यावाहक अध्यक्ष कृष्ण पाठक, पर्वत उपाध्यक्ष भक्त कुंवर, नेकपा एमाले पर्वतका उप सचिव गोविन्द पहाडी, वार्ड नं. १ का वार्ड अध्यक्ष देवेन्द्र सुवेदी, क्यूपेक नेपालका केन्द्रिय सदस्य देवी राई, जि फण्ट पर्वतका उपाध्यक्ष खगेश्वरी शर्मा, सौन्दर्यकमी संघका प्रमिला शर्मा लगायतले बोल्नु भएको थियो ।
वक्ताहरुले विश्व रचनाका नायक श्रमिकहरुको कार्यस्थल सुरक्षा, बच्चाहरुको शिक्षाको व्यवस्था, स्वास्थ्य र बिमा जस्ता विषयमा सरकारले विशेष व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
क्यूपेक नेपाल पर्वतका अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर नेपालीले गर्नुभएको थियो ।




