२० वैशाख, पर्वत । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसमा संचार गृह सम्मानित पर्वत/राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे) का अवसरमा पर्वत जिल्लामा संचालित मिडिया हाउसहरु सम्मानित भएका छन् । कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा पर्वतले मे टु अर्थात् वैशाख १९ मा गरेको सम्मान कार्यक्रममा ती संस्थाहरु सम्मानित भएका हुन् ।
कार्यक्रममा पर्वत जिल्लामा स्थापना भई सुचना तथा सञ्चारका क्षेत्रमा उल्लेखनीय काम गरेका दैनिक पत्रिका, एफएम रेडियो र साप्ताहिक पत्रिकालाई संस्थागत सम्मान गरिएको थियो भने सोही कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, सरकारी निकायका सुचना अधिकारी र कम्प्युटर अपरेटरहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्वत उद्योग बाणिज्य अध्यक्ष केदारनाथ शर्माले क्यान पर्वतले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने मिडियाहरुलाई सम्मान गरी थप जिम्मेवार बन्न प्रेरित गरेको भन्दै क्यान पर्वतलाई धन्यवाद दिए ।
उनले सूचना प्रविधि विना विकसित र समुन्नत समाजको परिकल्पना गर्न नसकिने भन्दै आईटी क्षेत्रलाई थप व्यापक गराउन आग्रह गरे । सोही अवसरमा कम्प्युटर एशोसीएसन नेपाल महासंघ जिल्ला शाखा पर्वतका संस्थापक अध्यक्ष राजु पौडेलले स्थानीय तहमा सेवा सुरक्षित र छिटो छरितो बनाउन प्रविधिको सहज पहुँच आवश्यक रहेको बताउँदै सचेतनको लागि ¥यालीको आयोजना गरेको बताए ।
उनले सूचना प्रविधिको विकास र विस्तारले मात्र राज्य अघि बढ्न सक्ने बताउँदै आफूहरु सरकारी तथा गैरसरकारी संस्थासँग हातेमालो गरी सूचना प्रविधिको क्षेत्रमा काम गर्न तयार गरेको बताए । पौडेलले संस्थागत, व्यक्तिगत र एशोसियट गरी तीन प्रकारका सदस्यहरु रहे व्यवस्था संस्थाले गरेको भन्दै सूचना प्रविधिसँग सम्बन्धित सबैलाई संस्थामा आवद्ध भई हातेमालो गर्न आग्रह गरे ।
पत्रकार महासंघका अध्यक्ष छविललाल तिवारीले क्यान पर्वतले सूचना प्रवित्रिको क्षेत्रमा काम गरिरहेकोमा खुसी व्यक्त गर्दै मिडिया क्षेत्रलाई गरेको सम्मानले मिडिया जगतलाई थप जिम्मेवार बनाएको भन्दै सूचना प्रविधिको पहुँच सर्वसाधारणमा पुर्याउने कुरामा सबै प्रद्धिवत हुन र व्यवहारमा उतार्न आग्रह गरे ।
क्यान पर्वतका अध्यक्ष गोपिनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उपाध्यक्ष अच्युत पौडेलले स्वागत र सचिव खड्कबहादुर गुरुङ (मदन) ले संचालन गरेका थिए । यस अघि विहानमा क्यान पर्वतले संचार गृह सहित प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो ।
‘सुचना, सञ्चार र प्रविधिको विस्तार शुसासन र सम्वृद्धिको आधार’ भन्ने नारा सहित ¥यालीले बजार परिक्रमा गरको थियो । नेपल सरकार सूचना तथा प्रविधि मन्त्रालयको आयोजना र कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा पर्वतको सहआयोजनामा कार्यक्रम संचालन गरिएको थियोयस अघि विहानमा क्यान पर्वतले संचार गृह सहित प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो ।
‘सुचना, सञ्चार र प्रविधिको विस्तार शुसासन र सम्वृद्धिको आधार’ भन्ने नारा सहित ¥यालीले बजार परिक्रमा गरको थियो । नेपल सरकार सूचना तथा प्रविधि मन्त्रालयको आयोजना र कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा पर्वतको सहआयोजनामा कार्यक्रम संचालन गरिएको थियो ।




