Print

मालढुंगामा भत्किएको मोटरेवल पुलको “एप्रोज रोड” कहिले बन्छ ?


१२ असोज, पर्वत । मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने मालढुंगा मोटरेवल पुलको एप्रोज रोड भत्किएको छ । पर्वत जिल्ला र बागलुङ जिल्लालाई जोड्ने कालीगण्डकी नदी निर्माण गरिएको एप्रोज रोड भत्किदा २ जिल्ला वीचको सडक सञ्जाल टुटेको छ । कालीगण्डकी नदीको जल सहतमा बृद्धि हुँदा त्यसले मोटरेवल पुलको एप्रोज रोडलाई भत्काएको हो ।

योसंगै मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विच्छेद भएको छ । मुख्य गरी बागलुङ, रुकुम, डोल्पा र जाजरकोट क्षेत्रबाट राजधानी काठमाण्डौं छुटने सवारी साधनहरु यहि सडक मार्ग प्रयोग गर्ने गर्दथ्यो । सडक सञ्जाल विच्छेद हुँदा बागलुङ बजारबाट म्याग्दी सरमुकाम बेनी बजार हुँदँ पर्वत जिल्लाको यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ ।

पुलसंगै नदीले कटान गरेको कुश्मा १ सहस्रधारा स्थित सडकका समेत यात्रा बन्द भएको हो । यो सडक बन्द हुँदा अर्मादी पाङ हुँदै दमुवा खोला वा सहस्रधाराको सडक प्रयोग गर्न पर्ने बाध्यता सृजना भएको छ । योसंगै मध्यपहाडी लोकमार्गको २ वटा खण्डमा सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय पोखराबाट विशेषज्ञको टोली पर्वत आउन लागेको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । सडक सञ्जाललाई तत्कालै वैकल्पिक विधि प्रयोग गरेर भएपनि खुलाउने प्रयास भईरहेको नगर प्रमुख जोशीको भनाई छ ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना कार्यालयले निर्माण सम्पन्न सडक डिभिजन कार्यालयलाई सडक हस्तान्तरण गरीसकेको छ । आयोजनाले उक्त सडकको निर्माण कार्यको जिम्मेवारी सडक डिभिजन कार्यालयको रहेको जनाएको छ ।

तत्कालका लागि सहस्रधारा सडकलाई वैकल्पिक रुपमा डाइर्भसन सडक प्रयोग गर्ने र मोटरेवल पुलका लागि जाली वा बेलीव्रिज मार्फत सडक खुलाउन सकिने आयोजना कार्यालय पर्वतका प्रमुख उज्जल शर्माले बताउनुभयो । शर्माले सडक खुलाउने विषयमा प्राविधिक र अरु सहयोग आयोजना कार्यालयको रहने तर, निर्माण कार्य सडक डिभिजन कार्यालयले गर्र्ने जानकारी दिनुभयो ।

सडक खुलाउने विषयमा आज अपहन्न विशेषज्ञ सहितको टिमले टुगो लाग्ने कुश्मा नगरपालिकाले जनाएको छ ।