१९ वैशाख, पर्वत । सुन र धनमाल चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्माबाट दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा न ६ मा रहेको न्यू कुश्मा खाजा घरबाट सुन सहित नगद र मोवाइल चोरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार विहादी गाउँपालिका वडा न ४ घर भएका कुश्मा नगरपालिका वडा न ५ मा बस्ने १९ बर्षको रोशन विक र कुश्मा ६ मा बस्ने १९ बर्षका शिब गुरुङलाई नियन्त्रण लिइएको छ ।
उनीहरुले कुश्मा ६ स्थित संविधान गिरीको घरमा सञ्चालन हुँदै आएको न्यू कुश्मा खाजा घरबाट उक्त धनमाल चोेरि गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
चोर भएको सामानको विवरण :
पहिला नम्बरी सुनको बेरुवा औठी आधा तोलाको थान १, मुल्य रु।२९,८५०र सुनको छापे औँठी आधा तोलाको थान१ मुल्य रु। २९८५० र,सुनको जन्तर १७ रतिको थान१ मुल्य रु १०,१४९ र,सुनको पंचरत्ने बाला १५ रतिको थान २ मूल्य रु।८,९५५र,सुनको झुम्का आधा तोलाको थान २ मुल्य रु।२९,८५०।,सुनको माइली तिलहरी २५ रतिको थान१ मुल्य रु।१४,९२५र,सुनको चन्द्रमा १५ रतिको थान१ मुल्य रु। ८,९५५ र,सुनको चोकर १ तोलाको थान१ मुल्य रु। ५९,७००र एप्पलको आइप्याड थान १ को मुल्य रु।८०,०००र , सामसुङ्ग मोबाइल J7 थान –१को मुल्य रु।२५०००र र नगद रु १५००। समेत गरी जम्मा बिगो रु।२,९८,७३४र अक्षेर रुपि दुई लाख अन्ठानब्बे हजार सात सय चौतिस रुपैया बराबरको धनमाल र नगद श्रोत : जिल्ला प्रहरी कार्यालय, पर्वत ।




