१६ फागनु, पर्वत । सिरियामा भईरहेको नरसंहारको विरुद्धमा पर्वतका साहित्यकारहरु सडकमा उत्रेका छन ।
उनीहरुले सडकमा रचना वाचन गरी नरसंहारको विरोध गरेका हुन । प्रगतिशिल लेखक संघ पर्वत र पर्वत साहित्य संगमको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यकारहरु अर्जुन पौडेल निर्जन, डिआर शर्मा, राजेन्द्र पहाडी, निर्मल शर्मा एनपि घायल, यामप्रसाद शर्मा, किशोर मनस्वी लगाएतले साहित्यीक रचना वाचन गरेका थिए ।
कार्यक्रममा बसन्तकुमार कर्माचार्य, लेखनाथ शर्मा र मेघनाथ सृवेदीले नरसंहारको विरुद्धमा बोलेका थिए ।




