Print

 पर्वतको कुश्मामा दशौ महिला महोत्सव शुरु (तस्विर सहित)

१६ फागुन, पर्वत । पर्वतको कुश्मामा दशौ महिला महोत्सव शुरु भएको छ ।

महोत्सवको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे ।

उद्घाटनमा बोल्दै अध्यक्ष प्रचण्डले महिलाहरुको अधिकार संविधानले ग्यारेन्टीले गरेको बताए ।

उनले सरकारले दुर्इृ तिहाइ पुराउने गरी कसरत गरिहेको भन्दै २०१५ साल पछिको पहिलो दुई तिहाइ सरकार वर्तमान सरकार हुने दावी गरे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा एमाले पोलिटब्यूरो सदस्य गणेशप्रसाद तिमिल्सीना, प्रतिनिधि सभा सदस्य पदम गिरी, सूर्य पाठक, मना केसी, प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी प्रदेश सभा सदस्य विकास लम्साल, जुनादेवी नेपाली, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछाने लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

महोत्सव सफल बनाउन कुश्मा बजारमा झाकी सहितको ¥याली समेतको निकालिएको थियो ।

महोत्सवमा देशभरका महिला स्टेशन म्यानेजरहरुलाई समेत सम्मान गरिएको छ ।