१८ फागुन, पर्वत । पोखरा–बागलुङ राजमार्गमा स्तरोउन्नतीको काम भईरहेको छ ।
सडकलाई ‘टुलेन’ बनाउनका लागि स्तरोउन्नतीको काम भईरहेका कारण सडकमा पटक–पटक सवारी आगमनमा समस्या पर्दै आइरहेको छ ।
गत बुधवार पोखरा–बागलुङ राजमार्ग अन्तर्गत लुम्ले खण्डमा सडक जाम थियो ।
सडक विस्तारको क्रममा खसेका ढुंगाहरुका कारण झण्डै १ घण्टा देखिको सडक जामका कारण सडकमा सवारी साधनहरु अलपत्र परेका थिए ।
सडकका ढुंगा कामदारले फालेर सडक खुलाउने आशमा बसेका सवारी चालक र यात्रुहरु माझ जव प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी आफै सडकका ढुंगा तर्काउन थाले सडक केहि बेरमै खुल्यो ।
‘कामदारले मात्र सडक सफा गर्दा झण्डै ३ घण्टा लाग्थ्यो’ सांसदका सहयोगी सूर्यबाबु गिरीले भने–‘माननीय आफै सडकका ढुंगा उठाउन थालेपछि सवारी चालकहरु र यात्रूहरु समेत सडकमा आए ।’
सडक बन्द हुँदा समस्यामा परेका यात्रूहरु आफैले पनि सडकका ढुंगा फालेपछि सडक खुल्यो ।
विकास निर्माणको काममा अरुको मात्र भर पर्दा विकासको गति ओझेलमा पर्ने हुँदा सवैले आफ्नो ठाउँमा योगदान गरे विकास योजना सम्पन्न गर्न सहज हुन्छ ।
सांसद गिरी पर्वतबाट प्रतिनिधि सभामा विजयी भएका हुन ।




