४ फागुन, पर्वत । दक्षिणी पर्वत जोड्ने एक मात्र मोटरेवल पुल जिर्ण भएको छ । निर्माण भए पश्चात अहिलेसम्म मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो ।
कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा र वडा नम्बर ११ पकुवा जोड्ने पुल अहिलेसम्म एक पटक पनि मर्मत भएको छैन ।
२०६३ सालमा निर्माण शुरु भई २०६६ साल असोजदखि सञ्चालनमा आएको यो पुल आठ बर्षको अवधिमा एक पटक पनि मर्मत हुन नसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश शर्मा पौडेलले जानकारी दिए ।
‘निर्माण भएर सञ्चालनमा आएको साढे आठ बर्ष पुगेको छ, तर पनि अहिलेसम्म एक पटक पनि मर्मत भएको छैन’ उनले भने –‘मर्मत नुहँदा पुलमा राखिएका फलामका फलेक र काँटीहरु फुत्किएको अवस्था छ ।’
लठ्ठाबाहेक सवै नेपाली प्रविधित्रमा निर्माण भएको यो पुलका धेरै नट फुत्केपछि दुर्घटना हुने जोखिम बढेको पुलसंगै रेष्टुरेण्ट चलाउँदै आएका चित्रसागर श्रेष्ठ बताए ।
जति हुन्छ छिटो मर्मत गर्नुगर्ने अवस्थामा पुल पुगेको छ ।
‘सदरमुकामलाई दक्षिणसंग जोड्ने एकमात्र नाकाको यो पुल मर्मत नहुँदा कति बेला दुर्घटना हुने हो भन्न सकिने अवस्थ छैन’ श्रेष्ठले भने ।
पुलले सदरमुकामसंग पर्वतको दक्षिण भेग (कुश्मा नगरपालिकाका ६ वटा वडा, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, पैयूू गाउँपालिका र विहादी गाउँपालिका) जोड्ने एक मात्र नाका हो ।
दक्षिण भेग तर्फ चलने सवारी साधनले दैनिक यहि पुलबाट ओहोर दोहोर गर्नुपर्छ ।
निर्माण भएपछि एकपटक पनि मर्मत नभएपछि यातायातका साधन जोखिमपूर्ण रुपमा आवातजावत गर्ने गरेका छन ।
झण्डै ३ करोडको लागतमा निर्माण भएको यो पुल मर्मतका लागि सडक विभाग, डोलिडार सहित सहित जिल्ला समन्वय समितिमा पटक पटक माग गरेपनि मर्मत हुनज नसकेको पौडेलले जानकारी दिए ।
उनले डोलिडारले मर्मतका लागि २४ लाख बजेट विनियोजन गरेको सून्नमा आएपनि अहिलेसम्म मर्मतको काम नभउको बताए ।
पुलमा फलामका फलेक भाँच्चिएका छन, फुटेका छन, फलामका नट फुत्किएका छन, पुलको अवलोकन गर्दा जुनसुकै समयमा पनि दुर्घटनाको जोखिम छ ।
नागरिक दैनिकका लागि छविलाल तिवारीले लेखेको समाचार ।




